७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

आफ्नो जिम्मेवारीबाट यसरी पन्छिए प्रधानमन्त्री ओली

आफ्नो जिम्मेवारीबाट यसरी पन्छिए प्रधानमन्त्री ओली
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र डा. गोविन्द केसीबीच भएको सम्झौता कार्यान्वयन गर्ने जिम्मा सरकारको नभएर संसद्को भएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘सरकारले केसीसँग गरेको सम्झौताबमोजिम विधेयक संसद्मा ल्याएको छ। त्यसलाई जस्ताको तस्तै पारित गर्ने या नगर्ने काम अब संसद्को हो। मेरो आग्रह छ, सरकारले गरेका सम्झौताबमोजिम संसद्ले ऐन बनाओस्।’

प्रधानमन्त्री ओलीले सांसदको जबाफ दिने क्रममा थपे, संसद्मा प्रधानमन्त्रीको बहुमत छ तर म संसद्लाई आदेश दिन सक्दिनँ। केसीसँग १५औं पटक सम्झौता भएको छ। सम्झौता तत्कालीन परिस्थितिको तत्कालीन आवश्यकता थियो। केसीसँगको सम्झौता सत्यनिरुपण होइन।’ डा. केसीको अनशनप्रति कठोर देखिएका ओलीले भने, ‘व्यक्तिले जे माग्यो त्यो कार्यान्वयन गर्न कठिनाइ हुन्छ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले डा। केसीका माग सम्बोधन गर्ने भनेर प्रधानमन्त्रीले विगतमा सम्झौता गरे पनि पालना नभएको भन्दै प्रश्न गरेका थिए। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरी संसद्मा पेस गरेको छ। आफूसँग भएको सहमतिविपरीत विधेयक ल्याएको भन्दै डा। केसी अहिले अनशनमा छन्। उनी अनशन बसेको शुक्रबार १० दिन पुगेको छ। केसीको यो १६औं पटकको अनशन हो। इलाममा अनशन बसेका केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई बिहीबार राति हेलिकोप्टरबाट काठमाडौं ल्याएर त्रिवि शिक्षण

अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ। ओली सरकारले केसीको १५औं अनशनका क्रममा उनको मागबमोजिम राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउने भन्दै गत साउनमा सम्झौता गरेको थियो। प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्री ओलीले केसीसँगको सम्झौता कार्यान्वयन गर्नुको साटो संसद्लाई देखाएर आफू जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाएको छ। नागरिक दैनिकबाट