३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड

न्यूयोर्कमा दशौं हजार महिलाको प्रदर्शन

न्यूयोर्कमा दशौं हजार महिलाको प्रदर्शन
अ+ अ-

न्यूयोर्क । चिसो हावाको चुनौती सहँदै दशौँ हजार महिलाले अमेरिकाको न्यूयोर्कमा बृहत प्रदर्शन गरेका छन् ।
महिला अधिकार र लैङ्गिक असमानता अन्त्यलगायतका माग राख्दै उनीहरुले शनिबार प्रदर्शन गरेको समाचारमा जनाइएको छ । वार्षिक देशव्यापी कार्यक्रम अन्तर्गत उनीहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शन गर्नुपूर्व उनीहरु स्थानीय समयानुसार बिहान ११ बजेको आसपासमा म्यानह्याटनको पश्चिमतर्फ भेला भएका थिए ।
प्रदर्शनमा सहभागी हजारौँले आफैँ बनाएका फरक फरक पोस्टर तथा ब्यानरहरु प्रदर्शन गर्नुका साथै विभिन्न नारा लगाएका थिए ।
उनीहरुले व्यानर, पोष्टर र नारामा लैङ्गिकतासम्बन्धी र मुलुकमा भइरहेको अन्याय सम्बन्धी विषयलाई उठाएका थिए ।
“महिलाहरुको नयाँ अवस्था र भविष्यका लागि म प्रदर्शनमा सहभागी भएको हुँ,” १७ वर्षीया इमिली बाल्टरले भने ।
स्थानीय जेनिफर एडिसनले पनि महिला अधिकारका लागि आफूहरु सङ्घर्षमा रहेको बताए । म्यानह्याटनबाट सुरु भएको प्रदर्शनमा एक हजार पाँच सय सहभागी भएका थिए ।

सन् २०१७ को जनवरीमा पहिलो महिला र्याली आयोजना गरिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथग्रहण समारोह भइरहेका बेला दबाब दिनका लागि त्यतिबेला पहिलो पटक महिलाहरुले ¥यालीको आयोजना गरेका थिए ।