३० चैत्र २०८१, शनिबार
April 12, 2025 Saturday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.02

Wind: 1.03

Humidity: 64

Latest
फोक्सिङटार पुल पुनःनिर्माणका लागि बजेट सुनिश्चित सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० किशोरीलाई साथी सहजकर्ता बनाइँदै कक्षा ८ को परीक्षामा बेनीका दुई विद्यालयको नतिजा शून्य शान्ति प्रक्रियालाई टुङ्ग्याउन संवेदनशील भएर जिम्मेवारी पूरा गरौँ हनुमानलाई ३१ किलोको लड्डु राप्रपा अध्यक्ष लिङ्देनद्वारा स्वर्गीय पत्रकार सुरेशको परिवारसँग भेट, परिवारद्वारा शहीद घोषणा र न्यायिक छानबिनको माग कटारीमा निर्माणाधीन पुल बाढीले भत्कायो बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा करेन्ट लागेर एकजनाको मृत्यु लोकप्रियतावादका नाममा भइरहेका गलत क्रियाकलापप्रति सचेत हुनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रकम फिर्ता गर्ने भूकम्प लाभग्राही ३२ पुगे



अ+ अ-

बनेपा । भूकम्पले निजी आवासमा क्षति पुर्याएका लाभग्राहीले आफ्नो नाम परे पनि पहिलो किस्ता रकम लिएर घर नबनाई फिर्ता गर्नेको सङ्ख्या ३२ पुगेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणले छिटो गति लिनका लागि गरेको पहलमा सम्झौता गर्ने र पहिलो किस्ता रकम लिएर घर निर्माण नगर्नेले गत पुस १५ गते भित्रमा रकम फिर्ता गर्न सकिने सार्वजनिक सूचना जारी गरेपछि जिल्लामा ३२ जना लाभग्राहीले घर निर्माण गर्न नसकेको भन्दै रकम फिर्ता गरेको जिल्ला आयोजना कार्यान्वयन इकाई काभ्रेपलाञ्चोकका प्रमुख लोकनाथ रेग्मीले बताए ।

‘प्राधिकरणले तोकिएको समयसीमा समाप्त भए पनि घर निर्माण गर्न नसक्नेले अझै पनि रकम फिर्ता गर्न चाहेमा गर्न सकिन्छ ।’ रेग्मीले भने, “जसरी हुन्छ वास्तविक भूकम्प लाभग्राहीले कि त घर बनाउनु पर्यो, कि त रकम फिर्ता गर्नुपर्यो ।”


रकम लिने र घर निर्माण नगर्ने जो कसैको मनसाय भए पनि रकम असुल गरिने अभियानमा रहेको उनले बताए। त्यसको लागि पहिलो किस्ता लिएर घर नबनाउने लाभग्राहीबाट रकम फिर्ता गराई नाम लाभग्राहीको सूचीबाट हटाइने र त्यसको प्रभाकारी कार्यान्वयनको लागि अनुगमन प्रक्रिया तीव्र बनाइने उनले जनाए ।

पुनःनिर्माणको अभियानसँगै बाँकी रहेका मौलिक घरलाई प्रवलिकरण गर्न प्रोत्साहन गर्ने र सो प्रयास देशैभर गर्न सकेमा भूकम्पीय जोखिम पनि कम हुने तथा मौलिकबस्ती पनि जोगाइ राख्न सकिने उनको भनाइ छ । साथै एकीकृत बस्ती विकासमा जोड दिने र यसमा स्थानीय तहलाई अधिकार दिने तथा तेस्रो किस्ता लिनेलाई निर्माण सम्पन्न प्रमाणपत्र दिनुअघि प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न लगाउने लगायतको प्रक्रियामा रहेको उनले बताए ।

उनले निजी आवास पुनःनिर्माण सम्बन्धी सूचना तथा जानकारी सम्बन्धित पक्ष समक्ष समयमा नै नपुग्दा स्थानीय निकाय, लाभग्राही सबैमा कतिपय अवस्थामा अन्योल रहेको पाइएको समेत जानकारी दिए । त्यससँगै पहिलो किस्ता लिएर घर नबनाउने र दोस्रो किस्ता लिएर घर सम्पन्न नगर्ने पद्दतिले गर्दा पुनःनिर्माणको लक्ष्य भेट्टाउन मुस्किल पर्ने गरेको उनको भनाइ छ ।

काभ्रेपलाञ्चोकमा निजी आवास पुनःनिर्माणको लाभग्राहीको लागि ८२ हजार ८३३ जना लाभग्राहीको पहिचान भएकोमा अनुदान सम्झौता गरेर पहिलो किस्ता लिनेको सङ्ख्या ७२ हजार १७ छ ।