२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कारपछि हत्या गरिएकी श्रेयाको परिवारलाई आर्थिक सहयोग



अ+ अ-

चिप्लेढुङ्गा । बलात्कारपछि हत्या गरिएकी पुम्दीभुम्दीकी श्रेया सुनारको परिवारलार्ई पोखरा सभागृहस्थित जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सहयोग हस्तान्तरण गरेको छ ।

सहकारीले आफ्नो ११ औंँ वार्षिकोत्सवका अवसरमा रु १५ हजार उनकी आमा बेलकुमारीलाई सहयोग गरेको हो । सहकारीका अध्यक्ष महेन्द्र विश्वकर्माले आर्थिक विपन्नता भएकाहरुमाथि झनै बढी हिंसा हुने गरेको छ भन्दै जो कमजोर छ उसैलाई निशाना बनाउने संस्कार बढिरहनु दुखद् हो भन्नुभयो ।

सहकारीकै सदस्य उमेश अछामीले पनि आफ्ना छोरा रञ्जितको जन्मदिनका अवसरमा श्रेयाको परिवारलार्ई रु ११ हजार सहयोग गर्नुभयो । बेलकुमारीले दैनिक औषधि खानुपर्दा आफ्नो आर्थिक स्थिति नाजुक हुँदै गएको र ठूली छोरीले विद्यालय छाड्नुपरेको दुखेसो पोख्नुभयो । गत असोज ९ गते पोखरा– २२ पुम्दिभुम्दीकी १० वर्षीया श्रेयाको बलात्कारपछि हत्या भएको थियो । दोषी कुसुम पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको छ ।