![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2018/12/money-2.jpg)
चिप्लेढुङ्गा । बलात्कारपछि हत्या गरिएकी पुम्दीभुम्दीकी श्रेया सुनारको परिवारलार्ई पोखरा सभागृहस्थित जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सहयोग हस्तान्तरण गरेको छ ।
सहकारीले आफ्नो ११ औंँ वार्षिकोत्सवका अवसरमा रु १५ हजार उनकी आमा बेलकुमारीलाई सहयोग गरेको हो । सहकारीका अध्यक्ष महेन्द्र विश्वकर्माले आर्थिक विपन्नता भएकाहरुमाथि झनै बढी हिंसा हुने गरेको छ भन्दै जो कमजोर छ उसैलाई निशाना बनाउने संस्कार बढिरहनु दुखद् हो भन्नुभयो ।
सहकारीकै सदस्य उमेश अछामीले पनि आफ्ना छोरा रञ्जितको जन्मदिनका अवसरमा श्रेयाको परिवारलार्ई रु ११ हजार सहयोग गर्नुभयो । बेलकुमारीले दैनिक औषधि खानुपर्दा आफ्नो आर्थिक स्थिति नाजुक हुँदै गएको र ठूली छोरीले विद्यालय छाड्नुपरेको दुखेसो पोख्नुभयो । गत असोज ९ गते पोखरा– २२ पुम्दिभुम्दीकी १० वर्षीया श्रेयाको बलात्कारपछि हत्या भएको थियो । दोषी कुसुम पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको छ ।