१४ भाद्र २०८३, आईतवार
,
Latest
रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग लिडर बार्सिलोनाको सहज जित, लेगानेस पराजित



अ+ अ-

काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा लेगानेसमाथि ३–१को सहज जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले लेगानेसलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी, लुइस स्वारेज र औस्मान डेम्बेलेले १–१ गोल गरे । त्यस्तै, लेगानेसका लागि भने मार्टिन ब्राइथवाइटले गोल गरे ।

खेलको ३२ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल खान पुगेको थियो ।

खेलको ५७औं मिनेटमा मार्टिनले गोल गर्दै लेगानेसलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । तर बलियो प्रतिद्वन्द्वी बार्सिलोनालाई लेगानेसले यही स्थितिमा रोक्न सकेन । ७१औं मिनेटमा स्वारेजको गोलबाट बार्सिलोनाले फेरी २–१ गोलको अग्रता लियो ।

खेलको अतिरिक्त समयमा कप्तान मेस्सीले गोल गरेसँगै बार्सिलोनाले लेगानेसलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

जितपछि लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले २० खेलबाट ४६ अंक बनाएको छ । यता, पराजित लेगानेसको २० खेलबाट २२ अंक रहेको छ ।