३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको छायाँ सरकार, मन्त्री बन्न २८ जनाको दाबेदारी



अ+ अ-

काठमाडौं । नेकपा नेतृत्वको सरकारका हरेक मन्त्रालयको गतिविधिको निगरानी गर्न कांग्रेसले बनाउने भनेको छाया सरकारमा सांसद विनोद चौधरीदेखि उमेश श्रेष्ठसम्मले मन्त्रीको दाबी गरेका छन्।
नयाँ पत्रिका दैनिकका अनुसार पार्टीका ६३ सांसदलाई इच्छाएका तीनवटा मन्त्रालय प्राथमिकताअनुसार छान्न दिएकोमा व्यापारिक पृष्ठभूमिका चौधरी र श्रेष्ठले पनि छायामन्त्रीमा दाबेदारी पेश गरेका हुन्। प्राथमिकतामा चौधरीले अर्थ, परराष्ट्र र उद्योग र वाणिज्य र श्रेष्ठले शिक्षा, ऊर्जा र पर्यटन मन्त्रालयमा दाबी गरेका छन्। पुस २४ मा बसेको कांग्रेस संसदीय दलको बैठकले छाया सरकार गठन गर्ने निर्णय गरेको थियो।
तर १४ दिनसम्म ६३ मध्ये २८ सांसदले मात्र छायामन्त्रीका लागि दाबी प्रस्तुत गरेका छन्। पार्टी पदाधिकारी, पूर्वपदाधिकारी, पूर्वमन्त्री, उद्योगी र व्यापारी पृष्ठभूमिका सांसदले मन्त्रीमा इच्छा जनाएका छन्।