• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

चट्याङ लागेर एकको मृत्यु, दुई जना घाईते



Del6415536

डडेल्धुरा । मंगलबार डडेल्धुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका प्रहरीले जनाएको छ ।

बिहान १० बजेतिर घर तापिरहेका थापामाथि चट्याङ लागेको थियो ।थापाको चट्याङ लागेलग्तै घटनास्थलमै मृत्यु हो ।

यस्तै, आलिताल गाउँपालिका– ५ भित्रीसैनमा चट्याङ लागेर दुईजना घाइते भएका छन्। घाइते हुनेमा मानबहादुर विष्ट र गोमती विष्ट रहेका छन्।

दुबै जनालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ।