२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानाडेली नागरिक रिहा गर्न राष्ट्रपति चिनफिङलाई पत्र



अ+ अ-

बेइजिङ । करिब सय जना पूर्व कूटनीतिज्ञ तथा प्राज्ञले चीनमा थुनामा रहेका क्यानाडेली नागरिकलाई रिहा गर्न आग्रह गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र लेखेका छन् ।

चीन सरकारले दुई क्यानाडेली नागरिकलाई चीन विरुद्ध गुप्तचरी गरेको आरोपमा गिरफ्तार गरेको छ । चीन सरकारले चिनियाँ राज्यको सुरक्षाका विरुद्धमा सूचना चुहाएको भन्दै उनीहरुलाई थुनामा राखेको हो ।

चिनियाँ सरकारको नियन्त्रणमा रहेकामा क्यानाडेली पूर्व कूटनीतिज्ञ माइकेल कोभरिग र व्यापारी माइकल स्पाभोर रहेका छन् । उनीहरुलाई गत डिसेम्बर १० मा चीनमा पक्राउ गरिएको थियो ।

उनीहरुलाई हुवावेका प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई अमेरिकाको अनुरोधमा क्यानाडामा गरिएको पक्राउको बदलास्वरुप पक्राउ गरिएको अनुमान गरिएको छ ।

इरानमाथि अमेरिकाले लगाएको नाकाबन्दीको हुवावेले उल्लङ्घन गरेको आरोप अमेरिकाले लगाएको छ । तर सो आरोप हुवावेले अस्वीकार गरिरहेको छ ।

अङ्ग्रेजी र चिनियाँ भाषामा लेखिएको उक्त पत्रमा हाल चीनको थुनामा रहेका ती दुई जना क्यानाडेली नागरिकले चीनको बारेमा थप अध्ययन गरी अरु विश्वसँगको सम्बन्धमा थप सहयोग पुर्याएको बताइएको छ ।

उक्त पत्रमा विश्वका १९ देशका १४३ जना पूर्व कूटनीतिज्ञ र प्राज्ञहरु रहेका छन् । उनीहरुले सो पत्रमा हाल थुनामा राखिएका ती दुई जना क्यानाडेली नागरिकले रचनात्मक कार्य गर्दागर्दै पनि पक्राउ परेकाले अब चीनमा बसेर यस्तै काम गर्न पनि जोखिम रहेको भन्ने सन्देश दिएको जनाइएको छ ।

गत महिना भएको वान्झाउको पक्राउ पछि चीन र क्यानाडाको सम्बन्धमा ठूलो तनाव उत्पन्न भएको छ । यस्तै तनावकैबीच थप दुई क्यानाडेली नागरिक चीनमा पक्राउ परेका छन् । यसरी यी दुई देशबीच कूटनीतिक सम्बन्धमा दरार उत्पन्न भएको समयमा यो पत्र सार्वजनिक भएको छ ।