१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षामन्त्री कांग्रेस सांसदको घेराउमा, बैठक पुनः स्थगित



अ+ अ-

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कांग्रेस सांसहरुले घेराउ गरेका छन् । पोखरेल रोष्टम तिर जान खोजेपनि कांग्रेसका सांसदहरुले उनलाई चारैतिरबाट घेरेर अबरोध गरेका हुन् ।

पोखरेलले जसरी पनि चिकित्सा शिक्षा विधेयक पेश गर्ने भन्दै आगाडि बढेपछि उनलाई कांग्रेस राकेका हुन् । उनले विधेयक जसरी भएपनि पास गराएरै छाड्ने अडान लिदै आईरहेका थिए ।

कांग्रेसले आफ्ना दिवंगत नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताललाई केन्द्र सरकार मातहत राख्नु पर्ने माग गर्दै मंगलबार पनि संसद अवरुद्ध गरेको थियो ।

पहिलो बैठक १५ मिनेटका लागि स्थगित भयो । दोस्रो बैठक सुरु नहुँदै कांग्रेसका सांसदहरु रोष्टम घेराउ गर्न पुगेका थिए ।

मर्यादापालकहरुले शिक्षामन्त्री पोखरेललाई रोष्टममा पुर्‍याउन नसकेपछि सभामुख कृष्णबहादुर महराले बैठक पुनः १५ मिनेटका लागि स्थगित गरेका छन् ।