६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षामन्त्री कांग्रेस सांसदको घेराउमा, बैठक पुनः स्थगित



अ+ अ-

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कांग्रेस सांसहरुले घेराउ गरेका छन् । पोखरेल रोष्टम तिर जान खोजेपनि कांग्रेसका सांसदहरुले उनलाई चारैतिरबाट घेरेर अबरोध गरेका हुन् ।

पोखरेलले जसरी पनि चिकित्सा शिक्षा विधेयक पेश गर्ने भन्दै आगाडि बढेपछि उनलाई कांग्रेस राकेका हुन् । उनले विधेयक जसरी भएपनि पास गराएरै छाड्ने अडान लिदै आईरहेका थिए ।

कांग्रेसले आफ्ना दिवंगत नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताललाई केन्द्र सरकार मातहत राख्नु पर्ने माग गर्दै मंगलबार पनि संसद अवरुद्ध गरेको थियो ।

पहिलो बैठक १५ मिनेटका लागि स्थगित भयो । दोस्रो बैठक सुरु नहुँदै कांग्रेसका सांसदहरु रोष्टम घेराउ गर्न पुगेका थिए ।

मर्यादापालकहरुले शिक्षामन्त्री पोखरेललाई रोष्टममा पुर्‍याउन नसकेपछि सभामुख कृष्णबहादुर महराले बैठक पुनः १५ मिनेटका लागि स्थगित गरेका छन् ।