६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध एयरलाइन्सले नयाँ जहाज थप्ने



अ+ अ-

काठमाडौँ । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले नयाँ जहाज थप गर्ने भएको छ।

एयरले बैशाखदेखि काठमाडौबाट भारतको कलकत्ता नियमित उडान गर्ने गरि नयाँ जहाज थप गर्न लागेको हो । एयरलाइन्सले नयाँ जहाजको रुपमा एटिआर–७२–५०० थप गर्न लागेको हो ।

फ्रान्सबाटै आउने उक्त जहाज मार्चको पहिलो साता काठमाडौं आईपुग्ने एयरलनइन्सले जनाएको छ ।

हाल भारतको बानारससहित स्वदेशका विभिन्न गन्तव्यमा उडान नियमित गरिरहेको एयरलाइन्सले ७२ सिट क्षमताको जहाज थप गर्ने भएको हो ।

नयाँ जहाजसँगै बुद्ध एरलाइन्सको जहाज संख्या १२ हुनेछ ।