२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्गेस सांसद दवाडीद्वारा तलबभत्ता विकास निर्माणमा खर्च



अ+ अ-

गोरखा । गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले सांसद भएबापत सरकारले उपलब्ध गराउने सम्पूर्ण तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रमा खर्च गरेका छन् ।

सांसद दवाडीले शपथ ग्रहण गरेदेखि अहिलेसम्म प्राप्त रु सात लाख ३० हजार ३१५ सामाजिक क्षेत्रमा खर्च गरेका हुन् । गोरखा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख) बाट नेपाली काङ्गेसका तर्फबाट निर्वाचित भएका सांसद दवाडीले तलबभत्ताबापतको रकम मोटरबाटो निर्माण, एम्बुलेन्स खरीद, विभिन्न महिला समूहलाई भवन निर्माणका लागि खर्च गरेको जानकारी दिए । त्यस्तै तीन वटा विद्यालयलाई विद्यालय सञ्चालनका लागिसमेत रकम प्रदान गरेको उनले बताए ।

नेपाल प्रेस युनियनले गोरखाले सदरमुकाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारबाट तलबभत्ताबापत प्राप्त रकममा थप रु चार लाख ९० हजार ९०५ थप गरी एक वर्षको अवधिमा कूल रु १२ लाख २१ हजार २२० आफ्नो निर्वाचन क्षेत्रमा खर्च गरेको जानकारी दिए ।

“मैले निर्वाचनमा जितेलगत्तै सांसद भएबापत आफूले पाउने सेवा सुविधा विकास निर्माणका खर्च गर्छु भनेर प्रतिबद्धता जनाएको थिए”, उनले भने, “मैले सेवा सुविधा व्यक्तिगत खर्च गर्नु मनासिव ठानिन ।”
सांसद दवाडीले आफ्नो पेशा व्यवसायबाट हुने नाफाको कम्तीमा पाँच प्रतिशत रकमसमेत समाज सेवा खर्च गर्ने बताए ।