१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमतको सदुपयोग गर्न नेता आचार्यको आग्रह



अ+ अ-

बेझाड । नेपाली काङ्ग्रेसका नेता महेश आचार्यले जनमतको सदुपयोग गर्दै रचनात्मक खालको काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

पाल्पाको रामपुरमा आज काङ्ग्रेस कार्यकर्तासँगको भेटघाट कार्यक्रममा पूर्वअर्थमन्त्री आचार्यले दुई तिहाइ बहुमतको नेतृत्व गरेको सरकारले एक वर्षमा विकासको प्रत्याभूति जनतालाई दिन नसकेको विचार व्यक्त गर्दै भन्नुभयो, “ पैसा खन्याएर मात्र देशको आर्थिक समृद्धि हुँदैन, जनतालाई चलायमान र उत्पादनमूलक क्षेत्रमा नलगाएसम्म देशको विकास हँुदैन ।”
बहत्तर वर्षको लामो इतिहासमा कम समय सत्तामा बसेर मुलुकमा बढ्दै गरेको हिंसा र दमन शोषणविरुद्ध तथा जनताको हितका लागि काङ्ग्रेसले काम गरेको जिकिर गर्नुभयो ।