२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार विरुद्ध राजधानीमा नेविसंघको प्रदर्शन



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाली विद्यार्थी संघले आज राजधानीमा सरकार विरुद्ध प्रदर्शन गरेको छ ।

आज राजधानीको माईतिघरमा नेविसंघ केन्द्रीय समितिका नेताद्धारा विरोध प्रदर्शन गर्न लागेका हुन् ।

नेविले निर्मला पन्तको हत्या भएको ५ महिनासम्म पनि हत्यारापत्ता लगाउन नसकेको, चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीको माग पूरा नगरेको प्रति विरोध गर्न लागेका हुन् ।

नेविले सरकार आफ्नो मनोमानी तरिकाबाट चलेको र देशमा हतया,हिंसा र अराजकतावादलाई बढोवा दिएको भन्दै चर्को आलोचना गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सत्ता पक्षले जवर्जस्ती संसदीय प्रक्रिया अघि बढाएको प्रति सडकमा उत्रिन बाध्य पारेको बताएका छन् ।

मंगलबार नै नेविसंघले नयाँ वानेश्वरमा निषेधित क्षेत्र तोडेर विरोध प्रदर्शन गरेको थियो । नेविसंघले मंगलबार विज्ञप्ती जारी गर्दै डा. केसीको पक्षमा र निर्मला पन्तको बलात्कारको विरोधमा वृहत्त विरोध प्रदर्शन गर्न लागेको जनाएको थियो । अध्यक्ष नैनसिंह महरले देशभरका नेविसंघका नेताहरुलाई सरकार विरोधी प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् ।