२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरिमा हिउँ पर्यो, काठमाडौँमा चिसो बढ्यो, पानी शनिबारसम्मै पर्ने



अ+ अ-

काठमाडौँ । काठमाडौँमा गएरातिा देखि पानी परेको छ । पानी बुधबार अपरान्हसम्म पनि जारी छ ।

यसका कारण काठमाडौँमा व्यापक मात्रामा चिसो बढेको छ । गए राति परेको पानीका कारण चन्द्रागिरि पर्वतमा बाक्लो हिउँ परेको छ । यसका साथै काठडमाडौँबाट नजिकमा रहेको अर्काे डाँडा फुल्चोकीमा पनि हिउँ परेको छ । यसरी गए राति देखिको पानी र काठमाडौँ उपत्यका वरपरका डाँडामा बाँक्लो हिमपातका कारण यहाँको मौसममा ठूलो परिवर्तन आई चिसो बढेको छ ।

उता मौसदविद्हरुले पानी पर्ने क्रम शनिबारसम्म नै रहनसक्ने अनुमान गरेका छन् । यसरी शनिबार सम्म नै पानी पर्ने हो भने यहाँको वातावरण कष्टकर बन्न जाने अनुमान गरिएको छ ।