१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नव उद्घोष’ साहित्यिक त्रैमासिक पत्रिका विमोचित



अ+ अ-


काठमाडौँ – गोलढुङगा साहित्य परिषद् काठमाडौँद्धारा प्रकाशित ‘नव उद्घोष’ साहित्यिक त्रैमासिक पत्रिकाको ७ औ वर्षको पहिलो अंक विमोचन भएको छ ।
बुधवार राजधानीमा अायाेजित एक कार्यक्रमकाबीच उक्त साहियित्क पत्रिकाको विमोचन गरिएको हो । वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले पत्रिकाको विमोचन गरेका हुन् । वि.सं. २०५१ सालमा स्थापना भएको साहित्यिक परिषद्को स्थापना नै मनभित्रै रहेका आफ्नो कलालाई साहित्यको माध्यमबाट सबैलाई जोडने प्रयासको रुपमा लिईएको परिषदले जनाएको छ ।
पत्रिकाको सम्पादक प्रकाश घायलको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका कलाकार श्रेष्ठले साहित्यिक पत्रिका सार्वजनिक गरेकोमा परिषदलाई बधाई दिए ।
उनले भने,‘तपाईहरुले साहित्यिक क्षेत्रमा एउटा नयाँ पाईला सुरु गर्नुभएको छ । साहित्यिक पत्रिका केही अंक निकाल्न सजिलै छ । तर, पछि त्यति सजिलो छैन । टिक्न गाह«ो छ । साहित्यिक सेवा भनेको सामाजिक सेवा पनि हो । मानिसको बौद्धिकता पाठकहरुमा बाँड्ने काम पनि हो । यो एक किसिमको बौद्धिक–सामाजिक सेवा हो ।’
त्यस्तै, उनले उक्त साहित्यिक पत्रिका आगामी दिनमा पनि निरन्तर बाहिर ल्याउन शुभकामना दिए । उनले भने,‘साहित्यिक पत्रिका निकाल्दाखेरि केही विषयमा केन्द्रित भएर निकाल्नुपर्छ ।’
उनले कलाकार बन्नको लागि पहिले साहित्यकार बन्नुपर्नेपनि धारणा राखे । श्रेष्ठले भने,‘म पनि साहित्यकार भएरै कलाकार भएको हुँ ।’ पत्रिकालाई कसरी किन्नयोग्य बनाउने भन्नेतिर सोच्नुपर्ने पनि सुझाए । आफु कलाकार बन्नुपूर्व नै साहित्यक विद्यामा प्रवेश गरिसकेको स्मरण गराए । उनले भने,‘कुनैपनि साहित्यिक पत्रिका प्रकाशन गर्नुपूर्व आफ्ना पाठकहरुको चाहनालाई बुझेर र बजारको मागअनुसार प्रकाशन गर्नुपर्छ ।’
सम्पादक घायलले आफूहरुले आगामी दिनमा पाठकको चाहनाअनुसार नै साहित्यक रचनाहरु बाहिर ल्याउने प्रतिबद्धता जनाए । रचनाहरु पठाएर आफूहरुलाई सहयोग गर्नपनि घायलले आग्रह गरेका छन् ।
कार्यक्रममा पत्रकार तथा निर्देशक सानुकाजी थापा, संस्थाका आजिवन सदस्यद्धय गोविन्द बहादुर सिंह ठकुरी र विजय कार्कीलाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, विजय बजिमय, राजु धिताल, कृष्ण प्रधान, प्रतिष्ठानका अध्यक्ष रामकाजी प्रधान, लव गाउँले, रामप्रसाद पन्त, विजयध्वज थापा, ध्रुवराज खतिवडा, प्रकाश गफाडी, लब खड्कालगायतले आफ्ना साहित्यिक आ–आफ्ना रचनाहरु वाचन गरेका थिए । पत्रिकाका सम्पादक देवेन्द्र अर्याल ‘आँशु’ले आजको कार्यक्रम सञ्चालन गरेका थिए ।