१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

सत्तारुढ दल नेकपामा किचलो, नेता-कार्यकर्ता जिम्मेवारी बिहीन

सत्तारुढ दल नेकपामा किचलो, नेता-कार्यकर्ता जिम्मेवारी बिहीन
अ अ+ अ-

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी एकताका लागि गठन भएको कार्यदलमा सहमति हुन नसक्दा झन् पर धकेलिँदै गएको छ । कार्यदलकै बीचमा सहमति नभएपछि कार्यदलले कुनै निर्णय गर्न नसक्दा एकता पर धकेलिँदै गएको हो । राजधानी दैनिकमा खबर छ ।

तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का बीचमा पार्टी एकता भई नेकपा भएको यही ३ माघमा आठ महिना पुगेको छ । पार्टी एकताको बाँकी काम टुंगो लगाउन १२ पुसमा सम्पन्न स्थायी कमिटीको बैठकले गठन गरेको कार्यदलले समयमै काम गर्न नसकेपछि हजारौं नेता–कार्यकर्ताले कुनै जिम्मेवारी पाउन सकेका छैनन् ।

बैठकले केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो गठन, जिल्ला कमिटीसहित जनवर्गीय संगठन, विभाग एवं आयोगको एकता टुंगो लगाउने जिम्मेवारी कार्यदललाई दिएको थियो । पार्टी एकता भएको आठ महिनामा केन्द्रीय कमिटी, सचिवालय र प्रदेश कमिटी गठन भएको थियो । स्थानीय तहसहित विभिन्न कमिटीको टुंगो लाग्न नसक्दा हजारांै नेता–कार्यकर्ता जिम्मेवारीविहीन भएका छन् । नेता–कार्यकर्ता जिम्मेवारीविहीन मात्रै भएका छैनन्, पार्टीको कामसमेत स्थानीय स्तरमा हुन सकेको छैन ।

कार्यदललाई दिएको जिम्मेवारी पूरा गर्न पुस मसान्तसम्मको समय दिइएको थियो । तर, पुस मसान्तभित्रै पार्टी एकताको काम कार्यदलले टुंगो लगाउन सकेन । प्रदेश कमिटी हेरफेर विषयमा विवाद भएपछि कार्यदलले केही निर्णय गर्न सकेको छैन । कार्यदलका एक सदस्यका अनुसार कार्यदलले पाएको जिम्मेवारी पूरा गर्न अझै समय लाग्ने जनाएका छन् ।

बैठकमा भएका कुरा मिडियालाई जानकारी नगराउने सहमति गरेपछि कोही खुलेर मिडियासमक्ष प्रस्तुत हुन सकिरहेका छैनन् । बैठकका छलफलका विषय गोप्य राख्ने सहमति उनीहरूले गरेका छन् । सहमति पछि टुंगो लागे मात्रै मिडियालाई जानकारी गराउने उनीहरू बताउँछन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा सचिवालयले पार्टी एकता टुंगो लगाउन नसकेपछि स्थायी कमिटी बैठकबाट छुट्टै कार्यदल गठन भएको थियो । १२ पुसमा सम्पन्न पार्टी स्थायी कमिटी बैठकले नौ सदस्यीय कार्यदल गठन गरेको थियो । तर, कार्यदलको बैठक बस्दा एकताको टुंगो लगाउने विषयमा सहमति हुन नसकेको एक सदस्यले बताए ।

नौ सदस्यीय कार्यदलमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, बेदुराम भुसाल र रघुवीर महासेठ छन् । यो कार्यदलले पुस मसान्तभित्रैमा पार्टी एकताको गृह कार्य गरी प्रतिवेदन बुझाउने गरी पटक–पटक बैठक ग¥यो । तर, माघमा सुरु भए पनि एकता टुंगो लगाउने मिति कार्यदलले फेला पार्न सकेको छैन ।

अहिलेसम्म केन्द्रीय कमिटी, सचिवालय, स्थायी कमिटी र प्रदेश कमिटीको मात्रै टुंगो लागेको छ । बाँकी कमिटीको टुंगो लगाउने विषयमा छलफल चलिरहेको छ । तर, कार्यदलकै नेताका बीचमा सहमति हुन सकेको छैन । प्रदेश कमिटीमा हेरफेर गर्ने प्रस्ताव आएपछि बैठकमा टुंगो लाग्न नसकेको हो । कार्यदलमा सहभागी एक सदस्यका अनुसार कार्यदलको बैठक बसे पनि एकताको विषयमा कुनै टुंगो लाग्न सकेको छैन ।

कार्यदलको बैठकमा पार्टी महासचिव समेत रहेका पौडेल र प्रदेश ५ का मुख्यमन्त्री एवं पार्टी इन्चार्ज रहेका शंकर पोखरेल प्रदेश कमिटी हेरफेर प्रस्तावमा सहमत नभएपछि कार्यदल अलमलमा परेको छ । पौडेल र पोखरेललाई तत्कालीन माओवादीतर्फका थापा, पुन र भट्टले समर्थन जनाउँदै प्रदेश कमिटी हेरफेर नगर्न सुझाव दिएका छन् ।

तर, अन्य सदस्यले प्रदेश कमिटीमा मापदण्ड, विधि एवं पद्धतिद्वारा योग्यलाई जिम्मेवारी नदिएको, केही नेतालाई दोहोरो जिम्मेवारी दिएकोलगायतका विषय राख्दै प्रदेश कमिटी हेरफेर गर्नुपर्ने अडान लिएका छन् । प्रदेश कमिटी हेरफेर विषयमा कुनै निर्णय गर्न नसकेको कार्यदलले अन्य तहको कमिटी निर्माणबारे टुंगो लागेको छैन । गृहमन्त्रीसमेत रहेका थापाले पुस मसान्त वा ढिलोमा माघको पहिलो साताभित्रमा पार्टी एकताको बाँकी काम टुंगो लगाउने बताएका थिए । पार्टी एकता कार्य टुंगो लगाउनमा ढिलाइ भएको बताउँदै उनले एकताको बाँकी काम छिट्टै टुंगो लाग्ने बताए ।

कार्यदलले तीव्र गतिमा काम गरिरहेको बताउँदै उनले छिट्टै नै केन्द्रदेखि स्थानीय तहसम्मका नेताले जिम्मेवारी पाउने बताए । विभिन्न कमिटीको टुंगो लाग्न नसक्दा कतिपय नेता जिम्मेवारीविहीन भएको बताउँदै उनले पार्टीले सबै नेतालाई जिम्मेवारीसहित पार्टी र जनताको काममा खटाउने बताए ।

कार्यदल सदस्य बेदुराम भुसालले एकताको बाँकी काम छिट्टै टुंगो लाग्ने बताए । कार्यदलमा छलफल चलिरहेको बताउँदै उनले छिट्टै नै टुंगो लाग्ने बताए । कार्यदलले आफ्नो काम गरिरहेको र कुनै समय सीमा नतोकिएकाले काम गर्दै जाँदा टुंगो लाग्ने उनले बताए ।