• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

झनै घातक बन्दै मौसमी फ्लु, सयौ जना अस्पतालमा



काठमाडौँ । पछिल्लो समय अस्पतालहरूमा मौसमी इन्फ्लुएन्जा बिरामी बढेका छन् । उपत्यकाका मुख्य अस्पताल शिक्षण, वीर, कान्ति, शुक्रराज ट्रपिकल, अल्का, नर्भिक लगायतका अस्पतालमा मौसमी फ्लुका बिरामीहरूको सङ्ख्या बढेको ती अस्पतालले जानकारी दिएको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म १५० जनाभन्दा बढी व्यक्तिमा सिजनल इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) एएचवनएनवनका बिरामी देखिएका छन् । महाशाखाका अनुसार ३३४ जना बिरामीको घाँटीको र्यालको नमूना परीक्षण गर्दा १६८ जना बिरामीमा इन्फ्लुएन्जाका बिरामी थिए । विभिन्न अस्पतालमा सिजनल फ्लु को समस्या लिएर आउने विरामी पनि धेरै रहेका छन् ।