१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

यी हुन् कांग्रेसबाट बिजयी मनकारी सांसद : सुविधामा पैसा थपेर गर्छन समाजसेवा

यी हुन् कांग्रेसबाट बिजयी मनकारी सांसद : सुविधामा पैसा थपेर गर्छन समाजसेवा
अ अ+ अ-

पोखरा । गतसाल माघ ७ गते प्रदेशसभामा सपथग्रहण गरेपछि गोरखा २ (ख) का प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले घोषणा गरेका थिए कि, ‘प्रदेशसभा सदस्य भएबापत मैले पाउने सबै सुविधा जनताका लागि विकास र सामाजिक क्षेत्रमा खर्च गर्नेछु।’ सपथ लिएकै दिन उनले सार्वजनिक गरेको प्रतिबद्धताको ठिक १ वर्ष पुगेको छ। नागरीक दैनिकमा खबर छ ।

प्रदेशसभा सदस्यको हैसियतमा उनले सपथ लिएको १ वर्षपछि मंगलबार उनले पत्रकार सम्मेलन नै गरेर प्रदेशसभा सचिवालयबाट प्राप्त सबै सुविधा जनताको लागि खर्चिएको बताए। दवाडीले प्रदेशसभा सचिवालयले अहिलेसम्म उनको खातामा जम्मा गरिदिएको बैकिङ विवरण नै सार्वजनिक समेत गरे। सपथग्रहण यता उनको खातामा प्रदेशसभा सचिवालयले ७ लाख ३० हजार ३ सय १५ रुपैयाँ जम्मा गरिदिएको छ।

सांसदको हैसियतमा १ वर्षमा उनले पाएको रकम यति नै हो। तर, पछिल्लो १ वर्षमा उनले १२ लाख २१ हजार रुपैयाँ सामाजिक क्षेत्रमा खर्चिएका छन। प्रदेशसभा सदस्यको हैसियतमा प्राप्त ७ लाख ३० हजारमा ५ लाख रुपैयाँ थपेर आमा समूह, क्लव, विद्यालय, बिरामी, गम्भीर प्रकृतिका बिरामीको उपचारमा सहयोग, सामाजिक संघसंस्था, विद्यालयको भवन निर्माण लगायतका क्षेत्रमा सहयोग गरेको उनले जनाए। बैंकिङ विवरणदेखि लिएर हालसम्म सामाजिक क्षेत्रमा गरेको खर्च विवरण पनि उनले सार्वजनिक गरे।

गोरखामा एम्बुलेन्स खरिदमा उनले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका थिए। शिवशक्ति आमा समूहलाई १ लाख, आरुबोट सामुदायिक भवनलाई १ लाख,, स्मृति र मुलदेवी आधारभूत विद्यालयलाई ५०–५० हजार रुपैयाँ सहित दुई दर्जन बढि संघसंस्थालाई सहयोग गरेको उनले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। ‘म राजनीतिमा लागेकै समाजसेवाको लागि हो,’ दवाडीले भने, ‘मैले पाउने सबै सेवासुविधा जनता र विकासको लागि खर्च गर्नेछु।’ राजनीति र समाजसेवा एकअर्काको परिपूरक भएको उनले बताए।

दवाडी भन्छन्, ‘अन्य राजनीति गर्ने सहयात्रीहरुलाई पनि सन्देश दिन मैले यो घोषणा गरेको हुँ। म जनप्रतिनिधी बनेकै जनताको सेवाको लागि हो। जनताले चुनेर पठाएपछि मैले पाउने सेवासुविधा उनीहरुको लागि नै खर्च गर्ने निर्णय गरेको हुँ।’ हरेक वडामा जनताको मागबमोजिमको काम गर्ने उनको चाहना छ।

‘मलाई सम्पत्ति धेरै भएर होईन, जनताले दिएको माया र साथलाई समर्थन गर्न चाहन्छु’ दवाडी भन्छन, ‘जनता मेरो पहिलो प्राथमिकता हुन्, मेरो कार्यकाल सबै जनताको भलाईमा नै बिताउनेछु।’ १८ वर्ष जापानमा व्यवसाय गरेका दवाडी १० वर्षदेखि सामाजिक क्षेत्रमा क्रियाशील रहेका छन्। हरेक वर्ष आम्दानीको १० प्रतिशत रकम सामाजिक क्षेत्रमा वितरण गर्ने गरेको उनले बताए।