• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

नेविसंघको भविष्यबारे कांग्रेसको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठकले नेविसंघको वर्तमान कार्य समितिको अवधि थप गर्ने वा नयाँ कार्यसमिति गठन गर्ने भन्ने निर्णय गर्ने छ ।

बैठकमा कांग्रेस महासमितिले पारित गरेको विधानमा प्राप्त सुझावलाई समावेश गरी कार्यसमितिले आज विधानलाई अन्तिम रूप दिने छ । महासमिति बैठकले विधानमाथि प्राप्त सुझावहरूलाई मिलाएर राख्ने जिम्मेवारी कार्यसमितिलाई सुम्पेको छ ।

यसैगरी बैठकमा कम्युनिष्ट सरकारका गतिविधि, वाइडबडी जहाज खरिदमा अनियमितता, चिकित्सक प्राध्यापक डा. गोविन्द केसीको जारी अनसन, पूर्व प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएका दुईवटा अस्पतालका विषय लगायतका विषयमा बैठकमा छलफल हुने छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुर सानेपामा बिहान ११ बजे बस्ने छ ।