१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

प्रचण्ड परिवारमा पनि फ्लु , सजग रहन चिकित्सकको सुझाव

प्रचण्ड परिवारमा पनि फ्लु , सजग रहन चिकित्सकको सुझाव
अ अ+ अ-

काठमाडौँ । इन्फ्लुएन्जा (फ्लू) भाइरसका कारण दुई महिनाका बीचमा बिरामीको संख्या ह्वात्तै बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । धेरै मानिसमा ए, बी र सी टाइपको फ्लुको संक्रमण देखिएको हो ।
काठमाडौँका सरकारी र नीजि अस्पतालका अधिकांस आईसीयू कक्ष फ्लू र निमोनियाका बिरामीले भरिभराउ छन् ।

काठमाडौँको नर्भिक, केएमसी, कान्ती, सुमेरु, ओम, ग्राण्डी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकू लगायतका अस्पतालका आईसीयूमा बिरामी भर्ना भएका छन् । तर जुनसुकै बेला भेन्टिलेटरमा लानुपर्छ भन्दै केही अस्पतालले भेन्टीलेटर बुक गराएर त्यसको प्रयोग नै नगरी दिनको ८ हजारसम्म शुल्क लिएको बिरामीका आफन्तले बताएका छन् ।

यसबाट मर्नेको संख्या बढेपछि नियमित बिरामीको सम्पर्कमा रहने अधिकांस चिकित्सकले फ्लूबिरुद्धको खोप लिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने फ्लुका कारण मृत्यु हुने एक जना बाहेक अन्यसंख्या दिएको छैन । तर यसैका कारण केही दिनअघि ओम अस्पतालमा काठमाडौ निवासी ४९ वर्षीया एकजना महिलाको मृत्यु भएको थियो । उक्त अस्पतालमा पनि फ्लुका बिरामीको चाप बढेको उपचारमा संलग्न चिकित्सकले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

भेन्टीलेटर प्रयोगै नगरी दैनिक हजारौँ असुली

यस्तै उच्च शिक्षा हासिल गर्न अष्ट्रेलिया जान लागेका काठमाडौका २२ बर्षिय एक युवकको उपचारका क्रममा ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकूमा यसैसाता मृत्यु भएको थियो ।

यस संक्रमणबाट दीर्घरोगी, गर्भवती, ६५ बर्ष माथिका र ५ बर्ष मुनीका बच्चामा बढी जोखिम हुने चिकित्सकहरू बताउँछन् । तर जुनसुकै उमेरका व्यक्ति भए पनि रोगसँग लड्ने क्षमता कमी भएमा यसको भाइरस लाग्न सक्ने बताउँदै चिकित्सकहरू भन्छन्–उमेर समूह बिदेशीले तोकेको हो, नेपालको भूगोल, वातावारण, बसोबासको प्रकृति फरक हुने हुनाले यहाँको अवस्था बाहिरको जस्तो नहुन सक्छ ।

अहिले फैलिएको फ्लु परिवर्तित भएकाले यसको भाइरसले २४ देखि ४८ घण्टाभित्रै शरीरको जुनसुकै अंक फेल हुनसक्ने चिकित्सकको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २००९ मा स्वाइन फ्लुका नामले चिनिएको भाइरस ९एचवान एन वान० नै स्वाइनफ्लु अर्थात् (एच थ्री, एन टु) बी टाइपको रुपमा नेपालमा देखापरेको हो ।

विगतमा विश्व स्वास्थ्य संगठनले समेत फ्लुलाई (स्वाइनफ्लु) अर्थात एच वान एन वानको नामले चिनाउँदै आएको थियो । यथार्थमा यो जटिल खालको रुघाखोकी अर्थात् एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । यस्ता रोगीले हाच्छिउ गर्दा, खोक्दा, हात मिलाउँदा र स्वासप्रश्वास गर्दा सर्छ ।

प्रचण्ड परिवारमा पनि फ्लु
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डको परिवारलाई इन्फ्लुएन्जा (फ्लू)भाइरसले दुःख दिएको चिकित्सकहरूले बताएका छन् ।
यसबाट स्वयम् अध्यक्ष दाहाल, उहाँकी श्रीमती सीता दाहाल, दुई नाती, एकजना नातीनी र बुहारी खानेपानीमन्त्री बीना मगर संक्रमित भएको स्वास्थ्य मन्त्रालय उच्च स्रोतले जनाएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।