१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई सुझावपत्र : निर्मला हत्या, वाइडबडी खरिद र डा.केसीको सत्याग्रहमा खरो भएर लाग



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ‘हाम्रो अभियान, हाम्रो काँग्रेस’का नेता तथा कार्यकताहरुले सुझावपत्र बुझाएका छन् ।

उक्त अभियानमा आबद्ध नेता तथा कार्यकताहरुको २३ जनाको समुहलेसुझावपत्र बुझाएका हुन्। बिहीबार पार्टी कार्यालय सानेपामा २३ जनाले हस्ताक्षरसहित पार्टी सभापति देउवालाई सुझावपत्र बुझाएका हुन् ।

उनीहरुले संघीय लोकतान्त्रिक संविधानलाई कायर्नन्वयन जोड दिनुपर्ने निर्मला हत्या, वाइडबडी खरिद र डा.गोविन्द केसीको सत्याग्रह प्रकारणमा पार्टी सशक्त रुपमा उत्रिनुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै, सुझाव पत्रमा केन्द्रीय सदस्य बुथबाट निर्वाचित भई महाधिवेशन प्रतिनिधि बन्ने, आरक्षण कोटा एक पटक मात्रै उपयोग गर्न पाउनुपर्ने, कम्युनिष्टसँग किताकट गर्नुपर्ने, इमानदार कार्यकर्ताको पार्टीमा सम्मान हुनुपर्ने सझाव दिएका छन् ।

उनिहरुले महाधिबेशनबाट पारित बिधान तथा निर्णयहरु लागु गर्नु पर्ने र काँग्रेसलाई जनस्तरसम्म पुर्याउन प्रभावकारी भुमिका खेल्न दवाब दिनको लागि सुझावपत्र पेश गरेका हुन् ।