१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार घट्यो



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा आज शेयर बजारमा सामान्य कमी आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.२ विन्दुले घटेर एक हजार १७२.७८ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०८ विन्दुले घटेर २४८.६५ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५८ कम्पनीको आठ लाख ७४ हजार ८४ कित्ता शेयर रु २६ करोड ८८ लाख ६५ हजार ८०९ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल दश उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर वृद्धि भएको छ भने पाँच उपसमूहको शेयर घटेको छ । होटल २.२९, विकास बैंक २.२, निर्जीवन बीमा १७.२७, उत्पादन ११.४८ र अन्य ७.४७ विन्दुले बढेको छ । यस्तै बैंकिङ १.९९, जलविद्युत् ९.०३, वित्त ०.३६, लघुवित्त २.२६, जीवन बीमा १०.२२ विन्दुले घटेको छ ।

स्टकका अनुसार घटेको बजारमा नागरिक लगानी कोष, कन्काई डेभलपमेन्ट बैंक, तिनाहुँ डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, ङादी ग्रुप अफ पावर र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका शेयरधनीले कमाएका छन् । यस्तै जनता बैंक, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, सानिमा इक्विटी फण्ड, सेन्ट्रल फाइनान्स लिमिटेड, नागबेली लघुवित्त वित्तीय संस्था, युनाइटेड इन्सुरेन्स कम्पनीका शेयरधनीले आज बढी गुमाएका छन् ।