२ मंसिर २०८१, आईतवार
,
Latest
निर्वाचन आचारसंहिता आजदेखि लागू, उल्लङ्घन गरे के हुन्छ कारबाही ? स्थानीय तह उपनिर्वाचन : उम्मेदवारी दर्ता आज कार्वन व्यापारलाई थप प्रभावकारी बनाउन आवश्यक: वनमन्त्री शाही कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ नेपालको सिमानाको इतिहास तथा यसको विवेचना विचार गोष्ठी सम्पन्न स्थानीय तह उपनिर्वाचन: कीर्तिपुर र काठमाडौं-१६ मा माओवादी र एस बिच सहकार्य लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल एकहजार १६९ उपभोक्ता रहेको चांगाथली खानेपानी उपभोक्ता समितिको अध्यक्षमा बस्नेत प्रधानमन्त्रीले ‘चिनियाँ कार्ड’ प्रयोग गर्न खोजेको भन्ने प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशगजा क्षेत्रमा बनाउन थालेका डिललाई नेपाली पक्षबाट रोक्का



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ को डोकेबजार नजीक नेपाल भारत सीमा क्षेत्रको दशगजामा भारतले बिना सहमति डोजरको प्रयोग गरी डिल बनाउन थालेपछि त्यसलाई नेपाली पक्षले रोक्न लगाएको छ ।

स्थानीय बासिन्दाका अनुसार सीमा स्तम्भ नं १७१ र ७७३ नजीकको क्षेत्रमा भारतले डिल र नाली निर्माण गर्न थालेको हो । दुवै देशबीच दशगजा क्षेत्रमा कुनै पनि किसिमको संरचना बनाउन नपाइने नियम छ । भारतीय पक्षले बुधबारदेखि सीमा क्षेत्रमा डोजरको प्रयोग गरी डिल र नाली बनाउन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

स्थानीय सञ्चारकर्मी दीपेन्द्र बस्नेतका अनुसार भारतीय पक्षले दशगजा क्षेत्रको झण्डै ६० मिटरभन्दा बढी क्षेत्रमा नाली र माटोको डिल बनाएको छ । नेपाल पक्षसँग कुनै पनि सहमति नलिईकन भारतीय पक्षले नाली र डिल बनाउन थालेपछि अर्को आदेश नहुँदासम्मका लागि रोक्न लगाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो ।

“अहिले डिल र नाली बनाउने कार्य रोक्न लगाएका छौँ,” उहाँले भन्नुभयो । भारतले दशगजा क्षेत्रमा बनाउँदै गरेको डिलबारे बुझ्नका लागि प्रजिअ र सुरक्षा निकायको टोली त्यसतर्फ गएको उहाँले जानकारी दिनुभयो । सीमामा रहेको फोहर र छाडा चौपाया भारतीय संरक्षित वन दुधुवा क्षेत्रमा नजाओस् भनेर डिल बनाउन थालेको भारतीय पक्षले जनाएको छ ।