१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्काइस हजार अफगान शरणार्थी घर फर्के



अ+ अ-

काबुल । अफगानिस्तानमा जारी द्वन्द्वको कारण छिमेकी देश पाकिस्तान र इरानमा शरण लिन पुगेका २१ हजार अफगान शरणार्थी आफ्नो देश फर्केका छन् ।

संयुक्त राष्ट्रसंघीय आप्रवासनसम्बन्धी एजेन्सी ९आइओएम० ले बिहीबार सो जानकारी दिएको समाचारमा जनाइएको छ । उक्त एजेन्सीले सन् २०१९ को जनवरीबाट हालसम्म घर फर्केका शरणार्थीको संख्या दिएको जनाइएको छ ।

यस समयावधिमा २० हजार ९८६ अफगान नागरिक इरानबाट आफ्नो गृह नगर फर्किएका थिए । इरानमा लामो समयसम्म ती अफगान शरणार्थी बेरोजगार भएर बस्नुपरेको पनि आइओएमले जानकारी दिएको छ ।
त्यस समयमा ९ सय ५० अफगान नागरिक पाकिस्तानबाट आफ्नो गृह नगर फर्किएका आइओएमले जानकारी दिएको छ ।

अफगानिस्तानमा सन् २००१ को अन्त्यमा तालिबानहरु सत्ताबाट बाहिरिएपछि तालिबान लडाकूको रुपमा अफगान सरकारसँग शुरु गरेको लडाई हालसम्म पनि जारी रहेको छ ।

सोही द्वन्द्वको क्रममा लाखौँ नागरिक मारिएका छन् भने अरु लाखौँजना देशभित्र र छिमेकमा पर्ने देशहरुमा शरण लिन बाध्य रहेका छन् ।

हाल अफगानिस्तानमा पहिलेको तुलनामा केही हदसम्म सरकारको नियन्त्रमणमा रहेको भू–भाग बढेको बताइन्छ । जसका कारण अफगान शरणार्थीहरु पनि आफ्नो घर फर्किने क्रम बढेको बताइएको छ ।