२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्ततः काँग्रेस सडक आन्दोलनमा



अ+ अ-



काठमाडौं । अन्ततः प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारका विरुद्धमा सडक आन्दोलन गर्ने भएको छ । काँग्रेसको आज बसेको केन्द्रीय समितिले यस्तो निर्णय गरेको हो । सरकारले एकपछि अर्काे गर्दे लोकतन्त्रविरोधी काम गरेको, विपक्षीलाई विश्वासमा लिन नसकेको, गिरिजा प्रसाद कोइराला र सुशिल कोइरालाका नाममा स्थापना भएका अस्पताललाई पनि स्थानीय स्तरमा सञ्चालनको मात्र व्यवस्था गर्न लागेको तथा हालै भएको संवैधानिक परिषदको बैठकमा विपक्षी दलको नेताको अनुपस्थितिमा नै आफूखुशी निर्णय गरेको अरोप काँग्रेसको छ ।

सो पार्टीको आज बसेको बैठकले चारबुँदे निर्णय गरेको छ, जसमा सरकारसँगै सभामुखमाथि समेत प्रश्न उठाइएको छ । कांग्रेसका नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका दुई अस्पताललाई सरकारले विघटनको संघारमा पु¥याएको आरोप लगाएको छ । सरकारले राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर यो काम गरेको आरोप काँग्रेसको छ । बैठकको निर्णयमा भनिएको छ, सरकारले आफ्नो गलत एवं पूर्वाग्रही निर्णय तत्काल सच्याओस् ।’

सभामुखले संसदीय परम्परा र मर्यादा अनुरुप सहमतिबाट निकास नखोजेको कांग्रेसको आरोप छ ।

कांग्रेसले सत्याग्रही डा. गोविन्द केसीको जीवन रक्षाप्रति गम्भीर बन्न सरकारलाई सचेत गराएको छ । भोलिको संसद बैठकमा डा. केसीसँग सरकारले गरेको सम्झौताविपरित चिकित्सा शिक्षा विधेयक पारित गराउने काम बलजफ्ती गरेमा आइतबार शनिबार बस्ने काँग्रेसको केन्द्रीय समितिले सडक आन्दोलनका चरणबद्ध कार्यक्रमहरु घोषणा गर्ने जनाइएको छ ।