२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई चिकित्सक संघको ७२ घन्टे अल्टिमेटम



अ+ अ-


काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको विशेष पहल गर्न भन्दै नेपाल चिकित्सक संघले सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको छ ।

बिहीबार साँझ प्रेस विज्ञप्ति प्रकाशन गरेर चिकित्सक संघले सो अल्टिमेटम दिएको हो । डा केसी त्रिवि अस्पतालमा अनशनरत छन् भने उता संसदे भने भोलि उनको अनशन विरोधी रुपमा तयार पारिएको विधेयक पारित गर्ने तयारी गरिरहेको छ ।

प्रधानमन्त्री स्वयंले डा. केसीसँगको सहमतिको कुरा विर्सिएर अलग परिस्थितिमा सम्झौता भएको भन्दै संसदमा दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको संघको आरोप छ ।

डा. केसीबारे गलत प्रचार भएको भन्दै संघले निन्दा पनि गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गरी ७२ घन्टाभित्र वार्ता टोली बनाएर डा. केसीको जीवन रक्षाका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेको छ र यदि त्यसो नभएमा आइतबार दिउँसो १ बजेदेखि उक्त संघको पहलमा नेपालका समग्र चिकित्सकहरुले कडा आन्दोलन गर्ने बताएको छ ।