१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स‌ंसदमा देख्ने र देखाउनकोे यस्तो छ तयारी



अ+ अ-

काठमाडौं । शुक्रबार संसदमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेस तनाव निम्त्याउने तयारीमा छन्। यो समाचार नयाँ पत्रिका दैनिकमा छ।
सोमबार र मंगलबारका पाँच बैठक कांग्रेसको अवरोधका कारण कार्यसूची प्रस्तुत हुन नपार्ई स्थगित भएपछि शुक्रबार १ बजेका लागि अर्को बैठक आह्वान भएको हो। नेकपा जसरी भए पनि विधेयक प्रस्तुत गर्ने रणनीतिमा छ तर, कांग्रेस जुनसुकै हालतमा रोक्ने योजनामा छ। मंगलबार नै धकेलाधकेकको अवस्थामा पुगेको परिस्थिति शुक्रबार बिग्रिने संकेत दुवै पक्षका सांसदहरूले गरेका छन्।
दुवै पक्षको मुठभेडको तयारीलाई मध्यनजर गर्दै संसद् सचिवालयले शुक्रबारको बैठकमा मार्यादापालक थपेको छ। हाल १३१ मर्यादापालक रहेकोमा ३० जा थप्न लागिएको हो। संसद् बैठकमै १०० मर्यादापालक खटाइनेछ। ‘आवश्यक परे ३० जनाजति प्रहरी हेडक्वार्टरबाट मगाउनेछौँ’, मर्यादापालक उपप्रमुख सानुभाइ खड्काले भने। आवश्यक परे रोस्ट्रमअगाडि ‘डबल रो’ राखिने उनको भनाइ छ।