२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

स‌ंसदमा देख्ने र देखाउनकोे यस्तो छ तयारी



अ+ अ-

काठमाडौं । शुक्रबार संसदमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेस तनाव निम्त्याउने तयारीमा छन्। यो समाचार नयाँ पत्रिका दैनिकमा छ।
सोमबार र मंगलबारका पाँच बैठक कांग्रेसको अवरोधका कारण कार्यसूची प्रस्तुत हुन नपार्ई स्थगित भएपछि शुक्रबार १ बजेका लागि अर्को बैठक आह्वान भएको हो। नेकपा जसरी भए पनि विधेयक प्रस्तुत गर्ने रणनीतिमा छ तर, कांग्रेस जुनसुकै हालतमा रोक्ने योजनामा छ। मंगलबार नै धकेलाधकेकको अवस्थामा पुगेको परिस्थिति शुक्रबार बिग्रिने संकेत दुवै पक्षका सांसदहरूले गरेका छन्।
दुवै पक्षको मुठभेडको तयारीलाई मध्यनजर गर्दै संसद् सचिवालयले शुक्रबारको बैठकमा मार्यादापालक थपेको छ। हाल १३१ मर्यादापालक रहेकोमा ३० जा थप्न लागिएको हो। संसद् बैठकमै १०० मर्यादापालक खटाइनेछ। ‘आवश्यक परे ३० जनाजति प्रहरी हेडक्वार्टरबाट मगाउनेछौँ’, मर्यादापालक उपप्रमुख सानुभाइ खड्काले भने। आवश्यक परे रोस्ट्रमअगाडि ‘डबल रो’ राखिने उनको भनाइ छ।