१६ भाद्र २०८३, मंगलवार
,
Latest
सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सरकारको सपना पूरा हुने, कोशी र नारायणी नदीमा पानीजहाज



अ+ अ-

काठमाडौं । नेपालका नदीमा पानीजहाज सञ्चालन भएको हेर्ने नेपालीको वर्षौँदेखिको सपना अब पूरा हुने भएको छ। सरकारले कोशी र नारायणी नदीमा आगामी एक वर्षभित्र पानीजहाज सञ्चालन प्रक्रिया अगाडि बढाउने भएको हो। राजधानी दैनिकमा समाचार छ ।
पानीजहाज सञ्चालनका लागि सरकारले यससम्बन्धी कार्यालय स्थापना गर्ने निर्णय एक साताअघि नै गरिसकेको छ। सोही कार्यालयमार्फत पानीजहाज दर्तालगायत आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउने बताइएको छ।
पानीजहाज कार्यालय स्थापनासँगै जहाज सञ्चालन गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने जल तथा ऊर्जा आयोगले जनाएको छ। आयोगका सहसचिव माधव बेलबासेले भने, ‘कार्यालय स्थापनासँगै योसम्बन्धी प्रक्रिया अघि बढ्छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा हिन्द महासागरबाट नेपालमा पानीजहाज ल्याउने तथा रेल सञ्चालन गर्ने विषयमा नेपाल र भारतबीच सम्झौता भएको थियो। सोही सम्झौताअनुसार नेपालले पानीजहाज सञ्चालन गर्न लागेकोहो।