२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब बेलुनले गर्नेछ मौसम बारे पूर्वानुमान



अ+ अ-

काठमाडौँ । मौसम पूर्वानुमानलाई प्रभावकारी बनाउन मौसमी बेलुनलाई नेपाली आकासमा नियमित उडाइने भएको छ ।
पृथ्वीको सतहभन्दा ३५ देखि ४० किलोमिटर माथिसम्म पुग्ने गरी उडाइने सो बेलुनमा जडित उपकरणले प्रत्येक सेकेण्डमा वायुमण्डलको हरेक तहको तापक्रम, हावाको गति र दिशा, सापेक्षिक आद्र्रताको जानकारी पठाउने छ ।

जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका प्राविधिक संयोजक कमलप्रकाश बुढाथोकीले यस किसिमको सूचनाका आधारमा मौसमको पूर्वानुमान गर्न सहज र भरपर्दो हुने बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

उपकरणसहितको बेलुन उडानका लागि हरेक दिन करीब पाँच सय अमेरिकी डलर खर्च हुनेछ । नियमितरूपमा मौसमी बेलुन उडाउन आवश्यक सामग्री तथा जनशक्तिको तयारी भइरहेको जानकारी दिँदै उनले आगामी फागुनदेखि नियमितरूपमा मौसमी बेलुन उडाइने बताए । आवश्यक सामग्री र जनशक्तिको तयारीपछि ‘साइट एसेप्टेन्स टेस्ट’ गरिने र त्यसपछि नियमित उडान गरिने छ ।

विश्व मौसम सङ्गठनको मापदण्ड अनुसार हरेक दिन विहान ५ः४५ बजे कीर्तिपुरबाट उक्त बेलुनको उडान गरिने छ ।