२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब बेलुनले गर्नेछ मौसम बारे पूर्वानुमान



अ+ अ-

काठमाडौँ । मौसम पूर्वानुमानलाई प्रभावकारी बनाउन मौसमी बेलुनलाई नेपाली आकासमा नियमित उडाइने भएको छ ।
पृथ्वीको सतहभन्दा ३५ देखि ४० किलोमिटर माथिसम्म पुग्ने गरी उडाइने सो बेलुनमा जडित उपकरणले प्रत्येक सेकेण्डमा वायुमण्डलको हरेक तहको तापक्रम, हावाको गति र दिशा, सापेक्षिक आद्र्रताको जानकारी पठाउने छ ।

जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका प्राविधिक संयोजक कमलप्रकाश बुढाथोकीले यस किसिमको सूचनाका आधारमा मौसमको पूर्वानुमान गर्न सहज र भरपर्दो हुने बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

उपकरणसहितको बेलुन उडानका लागि हरेक दिन करीब पाँच सय अमेरिकी डलर खर्च हुनेछ । नियमितरूपमा मौसमी बेलुन उडाउन आवश्यक सामग्री तथा जनशक्तिको तयारी भइरहेको जानकारी दिँदै उनले आगामी फागुनदेखि नियमितरूपमा मौसमी बेलुन उडाइने बताए । आवश्यक सामग्री र जनशक्तिको तयारीपछि ‘साइट एसेप्टेन्स टेस्ट’ गरिने र त्यसपछि नियमित उडान गरिने छ ।

विश्व मौसम सङ्गठनको मापदण्ड अनुसार हरेक दिन विहान ५ः४५ बजे कीर्तिपुरबाट उक्त बेलुनको उडान गरिने छ ।




भर्खरै