१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण मलेसिया रोजगारी अन्योलमा



अ+ अ-

काठमाडौं। मलेसियन सरकारले नेपाली कामदार पठाउने क्रम सुचारु गर्न पुरानै संरचना प्रयोग गर्न‘को विकल्प नभएको निष्कर्ष सुनाएपछि अहिले मलेसियाको रोजगारी थप अन्योलमा परेको छ । यसैगरी, मलेसियाले ‘भेन्डर’ बदल्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चाहनामा पनि पुनर्विचार गर्न नसकिने प्रस्ट पारेको छ ।

यस्तै, अन्योलका कारण दुई मुलुकबीच नयाँ श्रम समझदारीपत्रमा हस्ताक्षर भएको तीन महिना वितिसक्दा पनि अझै सरकारले नेपाली कामदारलाई मलेसिया जाने बाटो खुलाउन सकेको छैन ।

शून्य लागतमा नेपाली कामदार पठाउने गरी मलेसिया र नेपाल सरकारबीच गत १२ कात्तिकमा नयाँ श्रम सम्झौता भएको थियो । नयाँ समझदारीपत्रअनुसार अब वैदेशिक रोजगारिका लागि मलेसिया जाने नेपाली कामदार पठाउने क्रममा लाग्ने भिसा शुल्क, आवतजावत हवाई टिकट, अन्य शुल्क, स्वास्थ्य परीक्षण सुरक्षा जाँचलगायतका सबै खर्च मलेसियाको रोजगारदाता कम्पनीले नै बेहोर्ने भनिएको थियो । सो समझदारीअघि मलेसिया जाने नेपाली कामदारको करार अवधि तीन वर्षको रहेकामा अब दुई वर्षको मात्र हुने उल्लेख छ । राजधानी दैनिकमा खबर छापिएको छ ।