१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काराबाओ कप फुटबल : चेल्सी फाइनलमा



अ+ अ-

कठमाडौँ । प्रिमियर लिगको बलियो प्रतिद्वन्द्वी टोट्टनहामलाई पेनाल्टी सुटआउटमा हराउँदै चेल्सी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको लिगमा चेल्सीले २–१ गोलको जित निकाल्यो । समग्रमा २–२ गोलको बराबरी भएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो । पहिलो लेगमा टोट्टनहामले चेल्सीलाई १–० गोलले हराएको थियो ।

निर्धारित समयमा चेल्सीका लागि एनगोलो कान्टेले २७ औं मिनेटमा पहिलो गोल गरे । इडेन हाजार्डले ३८ औं मिनेटमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । ५० औं मिनेटमा टोट्टनहामका फर्नान्डो लोरेन्टेले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएका थिए । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा पुगेको थियो ।

त्यसपछि पेनाल्टी सुटआउटमा चेल्सीक विलियन, सेजर एज्पीलिक्वेटा, जर्गिन्हो र डेभिड लुइजले गोल गरे । टोट्टनहामका क्रिस्टियन इरिक्सन र इरिक लमेलाले मात्र गोल गर्न सके । अब फाइनलमा चेल्सीले म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ । सिटीले तेस्रो डिभिजन क्लब बर्टन अल्वियोनलाई समग्रमा १०–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । एजेन्सी