२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

काराबाओ कप फुटबल : चेल्सी फाइनलमा



अ+ अ-

कठमाडौँ । प्रिमियर लिगको बलियो प्रतिद्वन्द्वी टोट्टनहामलाई पेनाल्टी सुटआउटमा हराउँदै चेल्सी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको लिगमा चेल्सीले २–१ गोलको जित निकाल्यो । समग्रमा २–२ गोलको बराबरी भएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो । पहिलो लेगमा टोट्टनहामले चेल्सीलाई १–० गोलले हराएको थियो ।

निर्धारित समयमा चेल्सीका लागि एनगोलो कान्टेले २७ औं मिनेटमा पहिलो गोल गरे । इडेन हाजार्डले ३८ औं मिनेटमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । ५० औं मिनेटमा टोट्टनहामका फर्नान्डो लोरेन्टेले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएका थिए । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा पुगेको थियो ।

त्यसपछि पेनाल्टी सुटआउटमा चेल्सीक विलियन, सेजर एज्पीलिक्वेटा, जर्गिन्हो र डेभिड लुइजले गोल गरे । टोट्टनहामका क्रिस्टियन इरिक्सन र इरिक लमेलाले मात्र गोल गर्न सके । अब फाइनलमा चेल्सीले म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ । सिटीले तेस्रो डिभिजन क्लब बर्टन अल्वियोनलाई समग्रमा १०–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । एजेन्सी