२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी अस्पतालमा औषधि पाइएन्



अ+ अ-

जाजरकोट । ठूलीभेरी नगरपालिका–६ माझपाल थर गाउँका इ गुरुङ जिल्ला अस्पताल डोल्पामा उपचारमा लागि दिनभरी हिँडेर पुग्नुभयो ।

अस्पतालमा चिकित्सकले उहाँलाई जाँच गरेर औषधि किन्न स्थानीय मेडिकल पठाएपछि समस्यामा परेको बताउनुभयो ।

टाउँको दुखेर हैरान भई उपचारका लागि अस्पताल आएका गुरुङले जिल्ला अस्पतालमा ७० प्रकारका औषधि निःशुल्क पाइन्छन् भनेको रेडियोबाट सुनेको भन्दै उहाँले भन्नुभयो, “अस्पतालमा औषधि छैन, भन्दै मेडिकलमा पठाए, मसँग औषधि किन्ने पैसा पनि थिएन, पल्लो दुनै गएर काका घरमा गई पैसा सापटी काडेर औषधि किनेको छु ।”

उहाँ जस्तै ठूलीभेरी नगरपालिका–११ का पदम कार्कीले श्रीमती बिरामी भएर उपचारका लागि जिल्ला अस्पतालमा ल्याएर जाँचपछि मेडिकलमै औषधि किनेर उपचार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै बिरामीलाई औषधि छैन, भन्दै स्थानीय मेडिकलमा पठाएको देखँे, जाँच मात्र अस्पतालमा हुने तर औषधि मेडिकलमा किन्नुपर्ने कस्तो अच्चम्म रहेछ ।”

गुरुङ र कार्की औषधि किन्नुपरेको गुनासो गर्ने प्रतिनिधि पात्र हुन् । जिल्ला अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामी औषधि नपाएर मेडिकलमा किन्न बाध्य भएको गुनासो गर्छन् । करीब तीन हप्तादेखि डोल्पा अस्पतालमा औषधि अभाव भए पनि सरोकारवाला निकायले औषधि आपूर्ति गर्न पहल नगरेको स्थानीयको गुनासो छ । कर्णाली प्रदेश सरकारको मातहातमा भदौदेखि आएको जिल्ला अस्पतालले ठूलीभेरी नगरपालिकाबाट पनि सोचेजस्तो सहयोग नपाएको स्थानीयको भनाइ छ ।