७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

पत्रकार शर्माको उपचारका लागि सहयोग सङ्कलन अभियान

पत्रकार शर्माको उपचारका लागि सहयोग सङ्कलन अभियान
अ+ अ-

म्याग्दी । कलेजो र पित्तनलीको समस्याले थलिनु भएका मोफसलका पत्रकार अर्जुन शर्माको उपचारका लागि सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा, ओमकुमारी शान्ति कोषलगायत सङ्घ संस्थाहरूले बेनी नगरपालिका–९ जम्रेनीका सुवेदीको उपचारका लागि आर्थिक सहयोग सङ्कलन अभियान शुरु गरेका हुन् ।

पत्रकार महासङ्घको बिहीबार बसेको बैठकले शाखाकोतर्फबाट रु १० हजारका साथै सदस्यबाट स्वेच्छिकरुपमा सहयोग उपलब्ध गराउने निर्णय गरेको शाखा अध्यक्ष तारानाथ शर्माले जानकारी दिनुभयो ।

सिद्धार्थ बैंकको बेनी शाखाका कर्मचारीले खाजा खर्च कटाएर रु आठ हजार २०० सहयोग गरेका छन् । अस्टे«लीयामाा बसोबास गर्दै आएका म्याग्दी जलजला परिवारले सञ्चालन गरेको अभियानबाट बिहीबारसम्म एक हजार ५०० डलर सङ्कलन भएको सुवेदीका आफन्त मुक्ति सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीलाई उपचारका लागि केही दिनअघि भारतको गङ्गाराम अस्पतालमा लगिएको छ । मध्यम वर्गीय परिवारका सुवेदीको उपचारका लागि रु ४० लाखभन्दा बढी आवश्यकपर्ने परिवारले जनाएका छन् । पत्रकार सुवेदी एक दशकदेखि नागरिक दैनिकमा कार्यरत हुनुहुन्छ ।

एक करोडको घुम्ती कोष परिचालन

म्याग्दीको धवलागिरि गाउँपालिकामा विपन्न वर्गको आयआर्जनका लागि करीब रु एक करोडको घुम्ती कोष परिचालन गरिएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोगमा सङ्गम म्याग्दीमार्फत सञ्चालित सामुदायिक विकास परियोजनाले सहकारी संस्थामार्फत सो कोष परिचालन गरेको हो ।

मुनाको मुनाल कृषि, गुर्जाको हिमाली कृषि, मुदीको नमुना धौलागिरि र लुलाङको नमूना उद्यमशीलता महिला विकास सहकारी संस्थामार्फत सहुलितय ब्याजदरमा घुम्ती कोष परिचालन गरिएको परियोजनाका उद्यम विकास अधिकृत धनमाया किसानले बताउनुभयो ।

अधिकृत किसानका अनुसार पाँच सहकारी संस्थामार्फत विभिन्न उद्यम, व्यवसाय सञ्चालन गर्नका लागि रु ६० लाख ६६ हजार १८० घुम्ती कोष र रु २६ लाख ७५ हजार २७६ अनुदान उपलब्ध गराइएको छ ।

एकपटकमा एक जनाले रु एक लाखसम्म छ प्रतिशत ब्याजदरका दरले घुम्ती कोषबाट सुविधा लिन पाउने सुविधा छ । घुम्ती कोषबाट ऋण लिएर बेकरी उद्योग, मोटरसाइकल मर्मत, तरकारी खेती, सिलाइकटाइ, होमस्टे, स्विटर बुनाइ, कुटानी पिसानी मिल, बाख्रा, कुखुरा, बङ्गुरपालनलगायत व्यवसाय गरेका छन् ।

मुनाल कृषि सहकारी संस्थाबाट घुम्तीकोष र अनुदानसहित थप स्वलगानी गरेर मुनामा विद्युतीय मिल सञ्चालन गर्नुभएका मेघबहादुर शेरपुञ्जाले स्वरोजगार बन्नाका साथै छोराछोरी पढाउन र घरखर्च जुटाउन सहज भएको बताउनुभयो ।

रु दुई लाख २१ हजारको लगानीमा विद्युतीय मिल स्थापना गर्नुभएका शेरपुञ्जाले सहकारीबाट रु ६० हजार ऋण र परियोजनाले प्रोत्साहनस्वरुप रु २७ हजार अनुदान उपलब्ध गराएको थियो ।

उद्यमीले व्यवसाय सञ्चालनका लागि स्वलगानी पनि गरेका छन् । सहकारी संस्थामार्फत पनि आयआर्जनका गतिविधिमा सहयोग पु¥याइएको छ । परियोजनाको सहयोगमा मुनाल कृषि सहकारी संस्थाको भवन निर्माण गरिएको छ ।

सहकारी संस्थाले स्थानीयवासीमा बचतको बानी विकास, व्यक्तिबाट महङ्गोमा ऋण लिनुपर्ने अवस्थाको अन्त्य र आर्थिक कारोवार गर्न सहज भएको मुनाल कृषि सहकारी संस्थाका अध्यक्ष देवेन्द्र रोकाले बताउनुभयो ।

शिक्षाको पहुँचदेखि टाढिएका आर्थिकरुपमा विपन्न र गरीब समुदायका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने र टिकाइराख्न सहयोग पुगोस् भनेर परियोजनाले अभिभावकको आयआर्जनमा सहयोग गरेको हो ।

गुर्जा, धौलागिरि हिमाल, जलजला, ढोरपाटन सिकार आरक्ष, धौलागिरि चक्रीय र गुरिल्ला पदमार्गमा समेटिएका यस परियोजना लागू भएका गुर्जा, मुना, लुलाङ, मुदी, नाउरा, बगरका ५० घरमा होमस्टे पनि सञ्चालन भएको छ ।