२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको छ विकेट पतन, कृजमा आरिफ र करण



अ+ अ-

काठमाडौ । नेपालले आफ्नो पहिलो एकदिवसीय क्रिकेट श्रृंखलाअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा खराब सुरूवात गरिरहेको छ।

पहिलो ओभरमै उपकप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमा गुमाएको नेपालले ८० रन नपुग्दै आफ्ना महत्वपूर्ण छ विकेट गुमाएको छ।

नेपालले छैठौ विकेटको रुपमा ३ बलको सामाना गर्दै पवन सराफ पनि ४ रन जोड्दै इमरानको बलमा आउट भएका छन् ।

यसअघि सातौं ओभरको पहिलो बलमा दोस्रो विकेटका रूपमा बिनोद भण्डारीलाई ५ रनमा गुमाएको नेपालले कप्तान पारस खड्कालाई २० रनमा तेस्रो विकेटका रूपमा गुमाएको थियो। चौथो विकेटका रूपमा दीपेन्द्र सिंह ऐरीलाई शून्य रनमा गुमायो। उनी रन आउट भए। पाँचौ विकेटमा सोमपाल कामी पनि ३० रनमा अमिरको बलमा आउट भएका छन् ।

युएईका लागि सुरूवाती २ विकेट कप्तान मोहम्मद नाभिदले लिएका हुन्। भने तेस्रो विकेट क्वादर अहमदले लिएका हुन्। चौथो र पाँचौ अमिर तथा छैठौ इमरानले लिएका हुन् ।
अहिले कृजमा आरिफ सेख र करण केसी रहेका छन् ।