२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब ड्राइभरविनाकै बसहरु चल्ने, परिक्षण सुरु



अ+ अ-

टोकियो । जापानले सन् २०२० मा आयोजना हुन लागेको ओलम्पिक्समा आउने पाहूनाको स्वागतको लागि चाकलरहित बसको परिक्षण थालेको छ ।

आफ्नो देशमा पाहूना आउदा फरक अनुभव होस् भन्नका लागि उक्त बस संचालनमा ल्याउन लागेको हो । २०२० मा हुने ओलम्पिक्समा सहभागि हुन आउने र खेल हेर्न आउने बाहिरी देशका पाहूनाको लागि विमानस्थलबाट पाहूना बस्ने होटेलसम्मको लागि जान चालकविहिन बसबाट सेवा प्रदान गर्ने तयारी गरिरहेको हो ।

अहिले जापनले हानेदा अन्तरराष्ट्रिय विमानस्थलसहित सहरहरुमा यात्रु राखेरै चालकविहिन बसको परिक्षण गरिरहेको जापानका संचार माध्यमहरुले जनाएको छ । । जापानी राष्ट्रिय ध्वजाबाहक अल निप्पोन सहित ६ वटा कम्पनीहरुले १० दिनसम्म परिक्षणको सञ्चालन गर्ने भएका हुन् । परिक्षण गत हप्तादेखि सञ्चालनमा आएको थियो ।

शुरुमा चालक सीटमा राखिएको थियो । तर उनले बस सञ्चालन त नगर्ने तर दुर्घटना हुने सम्भावित अवस्थालाई ध्यानमा राख्दै उनीहरुलाई राखिएको थियो । सफल परिक्षणपछि चालकविना नै बस सञ्चालन गरिएको हो ।

उक्त बसहरु अब सन् २०२० को जुलाइ देखि अगष्ट ९ सम्म हुने ओलम्पिक्समा चालकरहित सञ्चालन गर्ने अपेक्षा गरेको छ ।