१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमपालले दिलाए नेपाललाई दोस्रो सफलता



अ+ अ-

काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपालले दिएको ११४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको युएईले दोस्रो विकेट गुमाएको छ ।

युएईले दोस्रो विकेटको रुपमा चिराग सुरीलाई चार रनमा गुमाएको हो । सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।

यो सँगै युएईको पाँच ओभरको समाप्तिमा दुई विकेट गुमाएर १३ रन बनाएको छ ।

यसअघि युएईका ओपनर अष्फाक अहमद पाँच रनमा आउट भएका थिए । नेपालका लागि करण केसीले १.५ ओभरमा विकेट लिन सफल भएका थिए । भने दोस्रो विकेटको रुपमा चिरागलाई सोमपाल कामीले व्यक्तिगत ६ रन हुदाँ बसन्त रेग्मीबाट क्याच आउट बनाएका थिए । यो सँगै युएईको दुई ओभरको समाप्तिमा दुई विकेट गुमाएर पाँच रन बनाएको छ ।

यसअघि नेपालले ३३.५ ओभरसमा सबै विकेटको क्षतिमा ११३ रन बनाएको थियो ।