१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद : मन्त्री पोखरलको विजयी भाव, प्रतिपक्षीहरुको ढ्याप ढ्याप



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरोधका गरेपनि चिकित्सा शिक्षा विधेयक पास भएको छ ।

कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए । कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्टममा पुर्‍याए । रोष्टम नजिकै कांग्रेसका सांसदहरुले विरोध प्रर्दशन गरेपनि पोखरेरले त्यसलाई वास्ता नगरि बिधेउक पास गरेका हुन् ।

उता रोष्टमा पुगेपछि मन्त्री पोखरलेले विजयी भावमा सानसँग हात हल्लाएइरहदा यता प्रतिपक्षहरुको भने ढ्याप ढ्याप चल्दै थियो ।

मन्त्री पोखरलले विधेयकमाथि छलफल गरियो भन्ने प्रस्ताव पेश गरेपनि विपक्षीको नाराबाजी चलिरहेको कारण सत्तारुढ दल रोष्टममा जान सक्ने अवस्था नभएपछि छलफलमा भाग लिनसकेन्न ।

लगतै शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनलाई विधेयकको अंग बनाइयोस् भन्ने पास भयो । त्यतिन्जेल मन्त्री रोष्टममै बसेका थिए ।

सभामुखले समय दिएपछि विधेयक पास होस् भन्ने प्रस्ताव पेश गरे । त्यसबेला कांग्रेस सांसदहरुले नाराबाजीका साथै होहल्ला समेत गरेका थिए । तर, सत्तारुढ नेकपाको बहुमत रहेको संसदले चिकित्सा शिक्षा विधेयक पास गरेको छ ।