२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद : मन्त्री पोखरलको विजयी भाव, प्रतिपक्षीहरुको ढ्याप ढ्याप



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरोधका गरेपनि चिकित्सा शिक्षा विधेयक पास भएको छ ।

कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए । कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्टममा पुर्‍याए । रोष्टम नजिकै कांग्रेसका सांसदहरुले विरोध प्रर्दशन गरेपनि पोखरेरले त्यसलाई वास्ता नगरि बिधेउक पास गरेका हुन् ।

उता रोष्टमा पुगेपछि मन्त्री पोखरलेले विजयी भावमा सानसँग हात हल्लाएइरहदा यता प्रतिपक्षहरुको भने ढ्याप ढ्याप चल्दै थियो ।

मन्त्री पोखरलले विधेयकमाथि छलफल गरियो भन्ने प्रस्ताव पेश गरेपनि विपक्षीको नाराबाजी चलिरहेको कारण सत्तारुढ दल रोष्टममा जान सक्ने अवस्था नभएपछि छलफलमा भाग लिनसकेन्न ।

लगतै शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनलाई विधेयकको अंग बनाइयोस् भन्ने पास भयो । त्यतिन्जेल मन्त्री रोष्टममै बसेका थिए ।

सभामुखले समय दिएपछि विधेयक पास होस् भन्ने प्रस्ताव पेश गरे । त्यसबेला कांग्रेस सांसदहरुले नाराबाजीका साथै होहल्ला समेत गरेका थिए । तर, सत्तारुढ नेकपाको बहुमत रहेको संसदले चिकित्सा शिक्षा विधेयक पास गरेको छ ।