१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेससँग लड्नेहरु सबै सकिएका छन्, जाबो सरकार र सभामुख त के हो र ? : गगन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा सरकार र सभामुख महरालाई यो बिधेयक महंगो पर्ने चेतावनी दिएका छन् ।

शुक्रबार बसेको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चर्को नाराबाजी गरिरहदापनि चिकित्सा शिक्षा विधेयक पास भएपछि सांसद थापाले आक्रोश पोखेका हुन् । थापाले आजबाट निषेधको राजनीति प्रारम्भ भएको भएको बताएका छन् । उनले सरकाले प्रपिक्षीहरुलाई नचिनेका कारण अब सरकारले नराम्ररो नतिजा भोग्नुपर्ने चेतवानी दिएका हुन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरललाई रोष्टमसम्म जान रोक लागाउदा लगाउदै पनि पोखरललाई मर्यादा पालकहरले रोष्टमसम्म पुर्याएका थिए । उता रोष्टमा पुगेपछि मन्त्री पोखरलेले विजयी भावमा सानसँग हात हल्लाएइरहदा यता प्रतिपक्षहरुको भने ढ्याप ढ्याप चल्दै थियो ।

मन्त्री पोखरलले विधेयकमाथि छलफल गरियो भन्ने प्रस्ताव पेश गरेपनि विपक्षीको नाराबाजी चलिरहेको कारण सत्तारुढ दल रोष्टममा जान सक्ने अवस्था नभएपछि छलफलमा भाग लिनसकेन्न ।

लगतै शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनलाई विधेयकको अंग बनाइयोस् भन्ने पास भयो । त्यतिन्जेल मन्त्री रोष्टममै बसेका थिए ।

सभामुखले समय दिएपछि विधेयक पास होस् भन्ने प्रस्ताव पेश गरेका थिए । गगनले कांग्रेससँग लड्नेहरु सबै सकिएको स्मरण गर्दै यो सरकार र सभामुखका लागि महंगो पर्ने चेतावनी छ । उनले अघि भने, कम्युनिस्ट सरकारलाई बधाइ छ । अब हामी सदन र सडकबाट लड्छौं ।’

उनले सभामुख महरा सरकारको आदेशपालक जस्तो भएको भन्दै ढाँटेर छलेर सभा चलाउनु जस्तो दुर्भाग्यपूर्ण व्यवहार अरु हुन नसक्ने बताएका हुन् ।