१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेससँग लड्नेहरु सबै सकिएका छन्, जाबो सरकार र सभामुख त के हो र ? : गगन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा सरकार र सभामुख महरालाई यो बिधेयक महंगो पर्ने चेतावनी दिएका छन् ।

शुक्रबार बसेको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चर्को नाराबाजी गरिरहदापनि चिकित्सा शिक्षा विधेयक पास भएपछि सांसद थापाले आक्रोश पोखेका हुन् । थापाले आजबाट निषेधको राजनीति प्रारम्भ भएको भएको बताएका छन् । उनले सरकाले प्रपिक्षीहरुलाई नचिनेका कारण अब सरकारले नराम्ररो नतिजा भोग्नुपर्ने चेतवानी दिएका हुन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरललाई रोष्टमसम्म जान रोक लागाउदा लगाउदै पनि पोखरललाई मर्यादा पालकहरले रोष्टमसम्म पुर्याएका थिए । उता रोष्टमा पुगेपछि मन्त्री पोखरलेले विजयी भावमा सानसँग हात हल्लाएइरहदा यता प्रतिपक्षहरुको भने ढ्याप ढ्याप चल्दै थियो ।

मन्त्री पोखरलले विधेयकमाथि छलफल गरियो भन्ने प्रस्ताव पेश गरेपनि विपक्षीको नाराबाजी चलिरहेको कारण सत्तारुढ दल रोष्टममा जान सक्ने अवस्था नभएपछि छलफलमा भाग लिनसकेन्न ।

लगतै शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनलाई विधेयकको अंग बनाइयोस् भन्ने पास भयो । त्यतिन्जेल मन्त्री रोष्टममै बसेका थिए ।

सभामुखले समय दिएपछि विधेयक पास होस् भन्ने प्रस्ताव पेश गरेका थिए । गगनले कांग्रेससँग लड्नेहरु सबै सकिएको स्मरण गर्दै यो सरकार र सभामुखका लागि महंगो पर्ने चेतावनी छ । उनले अघि भने, कम्युनिस्ट सरकारलाई बधाइ छ । अब हामी सदन र सडकबाट लड्छौं ।’

उनले सभामुख महरा सरकारको आदेशपालक जस्तो भएको भन्दै ढाँटेर छलेर सभा चलाउनु जस्तो दुर्भाग्यपूर्ण व्यवहार अरु हुन नसक्ने बताएका हुन् ।