१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. केसीलाई योगेशको आग्रह : अनसन ताेड्नुस, खुसीयाली मनाउनुस्



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराईले डा. गोविन्द केसीकाे जीत भएकाे बताएका छन् । उनले चिकित्सा शिक्षा विधेयक पास भएसँगै डा. गोविन्द केसीको जित भएको बताएका हुन् ।

उनले केसीलाइ अनशन राेक्न पनि अपिल गरे । कांग्रेसको अवरोधका बीच शुक्रबार प्रतिनिधिसभा बैठकले विधेयक पास गरेको थियो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले भने, डा. केसीलाई भन्न चाहन्छु, तपाईको सतप्रतिशत जित भएको छ । अनसनबाट निस्कनुस्, खुसी मनाउनुस् ।’

उनले अब डा. केसीले जीन्दगीभर आनसन बस्नु नपर्ने दाबी गरे । उनले भने, डा. केसीमाथि राजनीति गर्ने दिन पनि समाप्त भयो । सबै नेपालीको जित भएको छ ।’