१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

करणले दिलाए नेपाललाई तेस्रो सफलता



अ+ अ-

काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपालले दिएको ११४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको युएईले तोस्रो विकेट गुमाएको छ ।


युएईले तेस्रो विकेटको रुपमा सैमान अनुवारलाई १६ रनमा गुमाएको हो । करणले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।

यो सँगै युएईको १३ ओभरको समाप्तिमा तीन विकेट गुमाएर ५१ रन बनाएको छ ।

यसअघि युएईका ओपनर चिराग सुरीलाई चार रन र अष्फाक अहमद पाँच रनमा आउट भएका थिए । नेपालका लागि करण केसीले १.५ ओभरमा विकेट लिन सफल भएका थिए । भनतेस्रो विकेट लिने क्रममा सैमान अनुवारलाई ८.३ ओभरमा ११ रनमा खेलिरहेका बेला बोल्ड गरेका थिए । दोस्रो विकेटको रुपमा चिरागलाई सोमपाल कामीले व्यक्तिगत ६ रन हुदाँ बसन्त रेग्मीबाट क्याच आउट बनाएका थिए ।

यसअघि नेपालले ३३.५ ओभरसमा सबै विकेटको क्षतिमा ११३ रन बनाएको थियो ।