१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्ती चढेको बसमा शक्तिशाली करेन्ट, ६ जनाको मृत्यु, अरु कैयौँ घाइते



अ+ अ-

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडानम्बर ४ कोठियाबल्टियामा जन्ती सवार बसमा करेन्ट लाग्दा छ जनाको ज्यान गएको छ । त्यसमा परेका अरु कैयौँ घाइते भएका छन् ।

उक्त क्षेत्रको सबैलाबाट बेहुली लिएर सिन्धुलीको दुधौली फर्किँदै गरेका बेला सो बसमा करेन्ट लागेको थियो । करेन्ट लागेपछि जन्ती बोकेको ना ५ ख १७५२ नम्बरको लालिमा डिलक्सको बसमा आज साँझ सवा ७ बजे करेन्ट लागेको स्थानीय सुरक्षाकर्मीले बताएका छन् ।

बेहुला रामवरण कुँमर र बेहुली सरस्वती कुमारी दनुवार भने अर्को गाडीमा सवार थिए । उनीहरु सकुशल रहेका आफन्तले जनाएका छन् ।

जन्ती लिएर गुडिरहेको बसको छतमा राखिएको टिनको बाकसमा विद्युतीय तार छोइन पुगेर आगलागी हुन पुगेको बताइएको छ ।