१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

डाबोसबाट आज फर्किंदै प्रधानमन्त्री

डाबोसबाट आज फर्किंदै प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौं : विश्व आर्थिक मञ्चको ४९औं बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी ओली शनिबार स्वदेश फर्किंदै छन् । मञ्च बैठकमा नेपालको पछिल्लो राजनीतिक अवस्था एवम् विश्व अर्थराजनीतिबारे बहस भयो । स्विट्जरल्यान्डको डावोसमा पुगेका प्रधानमन्त्री ओली दुई वटा औपचारिक सत्रमा सहभागी भए । उक्त अवसरमा उनले विश्व समुदायलाई लगानीका लागि आग्रह पनि गरे।

उदघाटन सत्रमा सहभागिता मात्र जनाएका उनले ‘दक्षिण एसियाको रणनीतिक दृष्टिकोण’ र ‘लोकतन्त्रको भविष्यलाई आकार दिने’ नामक दुई सत्रमा मंगलबार र बुधबार आफ्ना धारणा राखे । यसका अतिरिक्त उनले साइडलाइन भेटवार्ता पनि गरे । अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रधानमन्त्री ओलीले नेपाल वकासमा अघि बढिसकेको र त्यसका लागि विश्व समुदायको लगानी आवश्यक रहेको बताए ।

सामाजिक एवं आर्थिक रूपान्तरणका लागि सरकारले आफूलाई केन्द्रित गर्दै विकासको पाइला अघि बढाएको पनि उनको भनाइ छ । सरकार लोकतान्त्रिक विधिबाट निर्वाचनमा आएको र दिगो विकास एवं जनतामा समर्पित भएर काम गरिरहेको उनले बताए । सरकार प्रधानमन्त्री मातहत अधिकार केन्द्रित गर्न लागेको भन्ने जिज्ञासामा प्रधानमन्त्री ओलीले त्यस्तो नरहेको दाबी गरे । ‘लोकतन्त्रका लागि ५० वर्ष लडेको र करिब डेढ दशक जेल बसेको व्यक्ति हुँ’, उनले भने, ‘म शासक हुन सक्दिनँ, जनताको सेवक मात्र हुँ ।’ विदेशी लगानीका लागि वातावरण बनेको स्पष्ट पार्दै उनले प्रेस स्वतन्त्रता एवं लोकतन्त्र एकअर्काको परिपूरक रहेको धारणा राखे । अन्नपूर्ण पोष्टमा समाचार छ ।