१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

रवि-निकिता बाध्यात्मक कोर्ट म्यारिज, यस्तो रहेछ खास कुरा

रवि-निकिता बाध्यात्मक कोर्ट म्यारिज, यस्तो रहेछ खास कुरा
अ अ+ अ-

काठमाडौं। सञ्चारकर्मी रवि लामिछानेको २५ वर्ष लामो वैवाहिक सम्बन्ध टुंगिएको खबर सार्वजनिक भएलगतै उनकी पूर्वपत्नी इशा श्रेष्ठले चौथो सम्बन्धका लागि शुभकामना दिएकी थिइन् ।

पारपाचुके लगत्तै इशाले दिएको शुभकामनाले रवि नयाँ वैवाहिक सम्बन्धमा बाँधिन लागेको अनुमान लगाउन त्यति कठिन थिएन । उनको विवाह चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग हुन लागेको खबर भूसको आगोझैं फैलिइसकेको थियो ।

यद्यपि रवि र निकिता दुवैले आफूहरू साथी मात्र भएको भन्दै सम्भावित विवाहको खबरलाई पूरै नकारे, तर उनीहरूले ‘साथी’ मात्र भएको प्रस्टीकरण दिएको तीन साता नबित्दै गएको सोमबार फेसबुकमार्फत रविले आफूले निकितासँग ‘कोर्ट म्यारिज’ गरेको खुलासा गरे ।

त्यसपछि रवि निकितासँग वैवाहिक जीवनमा बाँधिएको औपचारिक पुष्टि भएको छ । किन त यति हतारमा कोर्ट म्यारिज भयो रु ‘रविजी र मेरा बारेमा बजारमा विभिन्न खालका नराकारात्मक टिप्पणीहरू बढी हुन थालेपछि बाध्यात्मक भएर हतारमा कोर्ट म्यारिज गर्नुपर्यो ।’ निकिता भन्छिन्, ‘हामी र हाम्रो परिवारबीच वैशाखमा विवाह गर्ने सहमति भएको थियो ।’

विवाह दर्ता गरेपश्चात् रविले फेसबुकमा स्टाटस लेख्दै आफू्हरूले एक–अर्काको परिवार आफन्त एवं नातागोताको अनुमतिमा विवाह गरेको उल्लेख गरेका छन् । साप्ताहिकसँगको कुराकानीमा रविले आफ्नो जीवन अघि बढाउन कुनै महिलाको आवश्यकता महसुस भएकाले निकितासँग विवाह गरेको बताए । ‘मलाई आफ्नो जिन्दगी अघि बढाउन कुनै महिलाको आवश्यकता थियो,’ उनले भने, ‘त्यो आवश्यकता पूरा गर्न निकिताजी मेरो जीवनमा आउनुभयो ।’

इशासँगको पारपाचुकेपछि निकितासँग रविको प्रेमसम्बन्धले बजार गर्माएको थियो, तर उनीहरूले आफ्नो प्रेम सम्बन्ध सार्वजनिक रूपमा स्वीकार गरेका थिएनन् । कोर्ट म्यारिजपछि रविले साप्ताहिकसँग आफूहरूको विगत ९ महिनायता चिनजान रहेको बताए । ‘हाम्रो ९ महिनायता चिनजान भएता पनि हामी विगत तीन महिनायता प्रेम सम्बन्धमा थियौं । हामीले आगामी वैशाखमा विवाह गर्ने सोच बनाएका थियौं । मसँग नाम जोडिएर निकिताजीको चर्चा हुन थालेपछि उहाँलाई अप्ठ्यारो पर्न थाल्यो,’ उनले भने, ‘त्यसपछि हामी तत्कालका लागि कानुनी रूपमा विवाह गर्ने निर्णयमा पुगेका हौं ।’

निकिताको शालिनता, व्यक्तित्व, व्यवहारिकता, बौद्धिकता जस्ता कुराले आफू उनीप्रति आकर्षित भएको रवि बताउँछन् । ‘उहाँका यिनै बानीले म प्रेममा परेको हुँ,’ रवि आफ्नो प्रेम सम्बन्ध विकसित हुनुको पृष्ठभूमि खोतल्छन्, ‘हामी एउटै अपार्टमेन्टको फरक–फरक फ्लोरमा बस्दै आएका थियौं ।’ निकितासँग सोही अपार्टमेन्टमा चिनजान भएको रवि बताउँछन् ।

रविको तेस्रो, निकिताको दोस्रो

निकितासँग नयाँ वैवाहिक सम्बन्धपछि रविको यो तेस्रो वैवाहिक सम्बन्ध हो । यसअघि उनका दुई वटा वैवाहिक सम्बन्ध असफल भैसकेका छन् । रवि अब निकितासँग नयाँ शिराबाट जीवन अघि बढाउन चाहेको बताउँछन् ।

‘हामी दुवै जना आजभन्दा अघि घटेका घटनालाई यहीँ पूर्णविराम लगाएर दुवै जना खुसी हुने बाटो पहिल्याउँदै जीवन अघि बढाउँछौं, रवि भन्छन्, ‘अब हाम्रो सम्बन्ध जुगौं टिक्नेछ, अघिका गल्तीहरूलाई सुधार्दै र राम्रा पक्षलाई अनुसरण गर्दै नयाँ शिराबाट जीवनको गोरेटो खन्नेछौं, अब हाम्रो सम्बन्ध जुनी–जुनीलाई ।’ निकिताको पनि यो दोस्रो विवाह हो । उनले यसभन्दा अघि अभय शाहसँग विवाह गरेकी थिइन् । अभयसँग उनले ९ महिनाअघि पारपाचुके गरेकी थिइन् । पहिलो विवाहबाट उनको एक छोरी पनि छिन् ।

रवि र निकिताले आगामी वैशाख महिनामा औपचारिक रूपमा विवाह गर्दैछन् । विवाह कसरी गर्ने योजनामा हुनुहुन्छ रु भन्ने प्रश्नमा रवि भन्छन्, ‘अहिले नै विवाह कसरी गर्ने भन्ने योजना बनाएको छैन । जे होस्, सामान्य तरिकाबाट परम्परागत मूल्य–मान्यताको अधीनमा रहेर निकिताजीको सिउँदो भर्नेछु ।’

रविले इशासँगको पारपाचुके गरेपनि इशातर्फका दुई छोरीको सम्पूर्ण जिम्मेवारी आफैंले लिएको बताएका थिए । यद्यपि रविले अमेरिकामा रहेका छोरीहरूलाई आफ्नो विवाहमा बोलाउँछन् कि बोलाउँदैनन्, कौतूहलता छ । यही विषयमा रवि भन्छन्, ‘मैले यो विषयमा सोचेको पनि छैन, मेरै छोरी हुन्, उनीहरूले चाहे भने आफ्नो बाबुको विवाहमा सरिक हुन सक्छन् ।’

अमेरिकादेखि पारपाचुकेसम्म
रवि सन् २००२ मा अमेरिका गएका थिएँ । अमेरिका गएपछि उनले छोटो समयमै राम्रो प्रगति गरे । आफू अमेरिका पुगेपछि सुरुवाती दिनमा निकै कष्टकर जीवन गुजारेको रवि बताउँछन् । त्यहीं दुःख गरेर उनले तीन वर्षको अवधिमा बाल्टिमोरमा घर किनें ।

घर किनेको केही समयपछि उनले (सन् २००८ मा) नेपालमा भएकी श्रीमती इशा र दुई छोरीलाई अमेरिका लिएर गए । रवि अमेरिका र इशा नेपालमै हुँदा उनीहरूबीच शंकाको बिजारोपण भएको निकटस्थहरूको दाबी छ । इशालाई अमेरिका लगेपछि पनि उनीहरूबीचको सम्बन्ध राम्रो हुन सकेन । रविमाथि एक विदेशी महिलासँग प्रेमसम्बन्ध भएको आरोप लाग्यो । रविसँग लिभिङ टुगेदरमा बसेकी ती महिलाबाट एउटा छोरा समेत जन्मिएको बताइन्छ ।

रविको इशासँगको सम्बन्ध त बिग्रिएकै थियो, लिभिङ टुगेदरमा बसेकी विदेशी महिलासँगको सम्बन्ध पनि सुमधुर हुन सकेन । आपसी कटुतापछि रवि ती विदेशी महिलासँग छुट्टिए । इशाको एक अनलाइन अन्तर्वार्तालाई आधार मान्ने हो भने ती विदेशी महिलाको नाम लैला सर्जाद हो । रविको दाबी मान्ने हो भने विदेशी महिलासँग छुट्टिएपछि पनि उनले इशासँग सम्बन्ध सुधार्ने प्रयास गरे, तर त्यो सम्भव भएन । त्यसपछि उनी पत्नी इशा र छोरीहरूलाई उतै छाडेर सन् २०१३ मा नेपाल फर्किए ।

नेपाल फर्किएपश्चात् संसारकै सबैभन्दा लामो ६२ घण्टा अन्तर्वार्ता लिएर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाएपछि रविको चर्चा चुलियो । त्यसपछि उनले ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम चलाए । सरकार फेरबदलसँगै उक्त कार्यक्रम आफ्नो हातबाट खोसिएपछि रवि न्युज–२४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाउन थाले ।

उनको यो कार्यक्रम निकै लोकप्रिय भयो । त्यसपछि रविको छवि सेलिब्रेटी पत्रकारको बन्न पुग्यो भने सामाजिक सन्जालमा उनको प्रयासले प्रशंसा पाउन थाल्यो । उनी नेपालमा वर्क परमिट नलिएको जस्ता विवादमा पनि तानिए भने कतिपयले रविको कार्यक्रमको चर्को आलोचना समेत गरे । यद्यपि उनका डाइहार्ट फ्यान भने लगातार बढिरहे ।

नेपाल फर्किएको पाँच वर्षपछि गत मंसिरमा रविले इशासँगको सम्बन्ध टुंग्याउदै पारपाचुके गरेका थिए । रविले आफूले पत्नी इशासँग पारपाचुके गरेको खबर पनि फेसबुकमार्फत नै सार्वजनिक गरेका थिए । त्यसपछि सामाजिक सन्जालमा उनको ब्यक्तिगत जीवनमाथि पनि अनेकन प्रश्न उठाइए । कतिपयले रविको व्यक्तिगत जीवन उनको इच्छाअनुसार बाँच्न पाउनुपर्ने मत व्यक्त गरे भने केहीले सम्बन्ध फेर्ने उनको शैलीलाई गलत बताए । रविकी पूर्वपत्नी इशाले एक अनलाइन कुराकानीमा रविको परस्त्रीसँगको सम्बन्धका कारण आफूले डिप्रेसनको औषधी खानुपरेको दाबीसम्म गरिन् ।

रविको केयरिङ मनपर्छ

रवि लामिछानेसँग कहिलेदेखि प्रेममा पर्नुभयो ?

हाम्रो चिनजान भएको करिब ९ महिना भयो, तर विवाह गर्ने निर्णयमा पुगेको चाहिँ त्यस्तै ३ महिनाजति भयो ।

विवाह गर्ने निर्णयमा कसरी पुग्नुभयो ?

हामी दुवै जनालाई राम्रोसँग चिन्ने एक जना दाइ हुनुहुन्थ्यो । उहाँलाई हाम्रो व्यक्तिगत जीवनका बारेमा राम्रो जानकारी थियो । त्यसपछि उहाँले हामी दुई जनाले विवाह गर्दा राम्रो हुन्छ भन्नुभयो । दुवै जना एक्लै भएको र प्रोफाइल पनि मिल्ने भएकाले विवाह गर भन्नुभयो । त्यसपछि हामीले एक–अर्काको परिवारसँग सल्लाह र्गयौं अनि परिवारको सहमतिमै अहिलेका लागि कोर्ट म्यारिज र्गयौं ।

तपाईंलाई रविको कस्तो बानीले लोभ्यायो  ?

मलाई रविजीको केयरिङ एकदमै मन पर्छ भने सरल स्वभाव अनि अन्डरस्ट्यान्डिङ जस्ता कुराले मेरो मन जित्यो ।

तपाईँको पारपाचुके भएको चाहिँ कति भयो ?

म श्रीमानसँग छुट्टिएर बसेको त करिब ७–८ वर्ष भैसकेको थियो, तर मैले २ वर्षअघि मात्र डिभोर्स फाइल गरेको थिएँ । त्यसको प्रोसेसिङ एकदमै लामो हुँदो रहेछ । हामीले ९ महिनाअघि मात्र सहमतिमै डिभोर्स गरेका हौं ।

सन्तान पनि छन् होला नि ?

एउटी छोरी छिन् । उनी अहिले १० वर्षकी भइन् ।

अबको सम्बन्धलाई मजबुत बनाउन कस्तो प्रतिबद्धता गर्नुभएको छ ?

रविजीको पनि पर्सनल लाइफ पहिलेदेखि नै डिस्टर्ब छ । त्यसैले अब हामीले एक–अर्कालाई बुझ्ने, आफ्नो परिवारलाई बलियो बनाउने, अरुको अघि सधैं राम्रो बन्ने प्रतिबद्धता गरेका छौं ।

अहिले नै कोर्ट म्यारिज गर्नु रहर हो कि बाध्यता ?

यो बाध्यता हो । हामी वैशाखमा विधिवत् रूपमा विवाह गर्ने योजनामा थियौं, तर रविजी सँग मेरो नाम जोडिएर अनेक टीकाटिप्पणी हुन थालेपछि हामी कोर्ट म्यारिज गर्न बाध्य भएका हौं ।

विवाह नै गरेको भए हुन्थ्यो नि ?

हुन्थ्यो, तर हामीले ज्योतिषीलाई चिना देखायौं । ज्योतिषीले अहिले नै विवाह गर्न राम्रो साइत नजुरेको र वैशाखको तेस्रो साता विवाह गर्दा उत्तम हुन्छ भनेपछि हामीले वैशाखमा विवाह गर्ने निर्णय गरेका थियौं । कोर्ट म्यारिज गरे पनि हामी वैशाखको तेस्रो साता हिन्दू परम्पराअनुसार विवाह गछौं । डेट भने फाइनल भएको छैन ।

तपाईंहरूसँगै बस्न थाल्नुभयो कि बेग्ला–बेग्लै हुनुहुन्छ ?

हामीले माघ ९ गते कोर्ट म्यारिज गरेका हौं । त्यसपछि हामी वैधानिक रूपमा श्रीमान–श्रीमती भैसक्यौं । अहिले रविजी तेस्रो तलामा र म छैटौं तलामा छु । उहाँले माघ १५ गतेदेखि फ्ल्याट छाड्ने भन्नुभएको छ । साप्ताहिकमा खबर छ ।