१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोलेरो दुर्घटनामा चालकको मृत्यु, ७ घाइते



अ+ अ-

उदयपुर । जिल्लाको हात्तीसुडेमामा शुक्रबार राति बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परी चालकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
कटारीबाट चिपटारका लागी छुटेको ग.१ ज ४८८६ नम्बरको बुलेरो कटारी नगरपालिका १० हात्तीसुडेमा दुर्घटना हुँदा चालक तेज बहादुर थापाको घटनास्थलमै मृत्यु भएको हो ।

बोलेरोमा सवार अन्य सात जना घाइते भएका छन । बोलेरो अनियन्त्रित भई रोडबाट करिब २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय उदयुरले जनाएको छ ।