• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

प्रधानमन्त्री ओलीलाई एयरपोर्टमै कालो झण्डा !



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विमानस्थलमा कालो झण्डा देखाएका छन् । विश्व आर्थिक मञ्चको ४९औं बैठकमा भाग लिएर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई नेपाल विद्यार्थी संघका कार्यकर्ताले कालो देखाएका छन् ।
शनिबार अपरान्ह प्रधानमन्त्री ओली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी बाहिरिने क्रममा डोमेस्टिक अगाडी नेविसंघले कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने कार्यमा संलग्न नेविसंघका चार जना कार्यकर्ताले प्रहरीले नियन्त्रणनमा लिएको छ।

विमानस्थलको आन्तरिक टर्मिनल नजिकै नेविसंघका कार्यकर्ताहरुले प्रदर्शन गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएका थिए । नेविसंघले चिकित्सा शिक्षा विधेयकको विरोधमा सरकारविरुद्ध प्रदर्शन गर्दै आएको छ ।