• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   संविधान संशोधनमा सहमत हुने दलहरुलाई ओली नेतृत्व सरकारमा समावेश गरिने ★   देशका महत्वपूर्ण मुद्दा सम्बोधन गर्न राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुन्छ: काँग्रेस ★   एमाले अध्यक्ष ओली बालुवाटारमा ★   एमाले सचिवालय बैठक बस्दै ★   नयाँ राजनीतिक घटनाक्रममा बालेनको कटाक्ष: काले काले मिलेर खाऊ भाले ★   नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै ★   रोल्पाको तालाबाङमा जिप दुर्घटना: सात जनाको मृत्यु ★   नेपालको शिक्षा प्रणाली, एसईई परिणाम र तितो यथार्थ : एक आलोचनात्मक विश्लेषण ★   देउवाले आफ्नै निवासमा बोलाए पदाधिकारी बैठक ★   कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा के छ ?

चिकित्सा शिक्षा विधेयक : प्रधानमन्त्री नहुँदा प्रचण्डलाई किन हतारो ?



काठमाडौं । प्रधानमन्त्री विदेश रहेका बेला नेकपाले तीनवटा महत्वपूर्ण विषयमा निर्णय तथा छलफल गर्‍यो। संसदबाट चिकित्सा शिक्षा विधेयक पारित, भेनेजुयलाको राजनीतिक संकटमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कडा वक्तव्य तथा तथा झम्सिखेलमा शीर्ष नेताको गोप्य बैठक तीन गतिविधि नेकपाभित्र देखियो। अन्नपूर्ण पोस्टमा समाचार छ ।
प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोध, होहल्ला तथा घम्साघम्सीका बीच ‘चिकित्सा शिक्षा विधेयक’ प्रतिनिधिसभाबाट वहुमतले शुक्रबार पारित भयो। संसदीय प्रणालीमा बलजफ्ती पारित विधेयकको अर्को नजिरमा यो विधेयक पनि पर्यो। विधेयक पारित गर्दा प्रतिपक्षीले रोस्टम घेराउ, नाराबाजी र होहल्ला जारी राखे। सडकमा पनि विधेयकप्रति असहमति प्रकट भइरहेकै थियो। विधयेक आफूसँग भएको सहमति विपरितका प्रावधान समेटेर ल्याइएको भन्दै डा‍‍।गोविन्द केसी अनशनमा छन्।
प्रधानमन्त्री केपी ओली देश बाहिर थिए। प्रधानमन्त्री शनिबार बिहान स्वदेश फर्किँदै थिए। प्रधानमन्त्रीलाई २० घण्टा पनि नकुरी हतारमा सत्तापक्षले विधेयक किन पारित गर्‍यो ? नेकपाका केन्द्रीय सदस्य तथा पूर्वस्वस्थ्यमन्त्री खगराज अधिकारीले भने, ‘प्रधानमन्त्री देशभित्र–बाहिर जहाँ भएपनि यो विधेयकमा गर्ने के हो र ? उहाँ भए पनि, नभए पनि संसद्को प्रक्रिया अन्तर्गत पारित हुने विषय हो विधेयक, त्यही अनुसार पारित भयो।’
सत्तापक्षका सांसदहरूले प्रक्रियागत रूपमा विधेयक पारित भएको बताए पनि प्रधानमन्त्री आफू विदेश जाने बेला नै विधेयक पारित गर्न निर्देशन दिएकाले सत्तापक्षले हतारो देखाएको कांग्रेस नेता मीनेन्द्र रिजाल जिकिर गर्छन्। ‘प्रधानमन्त्रीले विदेश जानु अघि विधेयक आफू नआउँदै पारित गर्न भनेर ‘भगवान्’ ले जसरी निर्देशन दिनुभएको थियो, त्यही आदेशलाई सत्तापक्षका नेताले शिरोधार्य गरे’, कांग्रेस नेता रिजालले भने।