१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

लालिगा: बार्सिलोना जितको खोजीमा, जिरोना हराउने दाउमा, आज कसले मार्ला बाजी ?



अ+ अ-

काठमार्डौँ । स्पेनिस लालिगा फुटबलमा आज लिग लिडर बार्सिलोना र जिरोना बिच खेल हुदै छ । नेपाली समयअनुसार राति ९ बजे सुरु हुने खेलमा बार्साले जिरोनाको घरेलु मैदानमा खेल खेल्ने छ।

आफ्नै घरेलु मैदानमा हुने खेलमा घरेलु दर्शकको साथ मैदान उत्रिने जिरोनाले खेलमा बार्सालाई आफ्नो दबदवा राख्ने कोशिस गर्ने छ । जिरोनाई आजको खेलामा बार्सालाई बराबरी रोक्न सके उसको यहि नै ठुलो जित हुने छ ।

बार्सिलोना अघिल्लोपटक कोपा डेल रे फुटबलमा अवे मैदानमा सेभिल्लासँग २–० ले पराजित भएको थियो । तसर्थ, आजको खेलमा बार्सिलोनामाथि जितको बाटोमा फर्किनुपर्ने दबाब हुनेछ । अघिल्लो खेलमा बार्सिलोनाका प्रमुख खेलाडी मेस्सीलाई आराम दिइएको थियो ।

यसअघि जिरोनाले बार्सालाई उसकै घरेलु मैदान क्याम्प नाउमा २–२ को बराबरीमा रोकेको थियो ।

लिगमा हाल बार्सिलोनाले २० खेल खेल्दा १४ खेल जितेको छ भने ४ खेल बराबरी गर्दा २ खेल हारेको छ ।

यता, १२औं स्थानमा रहेको जिरोनाले २० खेल सकिँदा ५ खेल मात्रै जितेको छ । उसले ९ खेल बराबरी गर्दा ६ खेल हारेको छ । उसको खातामा २४ अंक छ ।